Posted by: hetterika!! November 27, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

लौ आज चै मामा बुडाले ओखती खान बिर्से जस्तो छ, अनि चौतारीमा आएर सप्पैलाई तितो पोखिरा'रचन।  बुढेसकालाँ अलिअलि सुद्दी हराएनी कुरो चै ठीकै गरेओ हुन।  पैला पैला चौतारीआँ ओर्लेसी हाँसो-मजा, भलाकुसारी हुन्तो, जम्मै आउथे अझ कैले कैले त अटाउनै गारो हुन्तो।  अब अचाल जो नि आउछ, चुनाव आउन लाको नेता जस्तो नमस्ते गर्च अनि बेपत्ता।   रिठ्ठे र अन्तरेले बेलुकी सदावहार गीतको कार्जेक्रम चलाको भरमा टिकिराको जस्तो भओ।  कुम्ले पनि कता भास्सियो कुन्नी देखा नपरेको जुग भो, आफू त हरायो हरायो मदनवा लाई नि लेर गो जस्तो छ। जापानी हरुको त कुरै नगरुम, जापानाँ नेपाल बन्द गरेर बस्या जस्ता छन, कोई देखा पर्दैनन।  पुण्टेबुडा खाली सुत्न गएँ भन्न आउँचन। हाम्रा मामा बुडा भए भनेर सप्पैले टेर्न छोड्या जस्तो छ,  बुडाको शेषपछी जे गरेनि जिम्दै हुदा त यस्तो गर्न नहुने नि, खै के हन्ने, कल्लाई हन्ने, जल्लाई जे हनेनि केई हुने हैनन

कुरो जे गरेनि, जति गरेनि उई हो, सप्पैलाई नमस्ते

Read Full Discussion Thread for this article