Posted by: Birkhe_Maila November 27, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

लु हेर आफैँ बोउसि चाइन्जो आफैँ झाँक्रि भने अस्तो कुरो अर्छ रिट्ठे मोरो नि। तिमि सपै भन्दा फस थेउ ए रात्तै तो नमस्ते भन्दै अन्वार न दन्वारको टाउको टाँस्दै हिँड्ने! अज हाउँरो पाला रे, बुडो नभइ बुडो भा' कुरो अर्न त मजा आम्दो हो नि तिम्लाई, कति उचालिन्छौ हेरम्ला हाम्पनि, तिमि नि बुडो हुन्छौ एउदिन!

हाउँरो पर्वते बरु अनपारको छ। हेरि एइ चौतारीको कान्ला माथि चुप्पो ला'र बसिरा हुन्छ, एसो गन्थन भलाकुसारि चल्या देखो भन्देखुन टुप्लुक्क आइपुउछ हैन भने कान्ला मास्तिर बाटै टाप कस्छ। तर बरा बेलुइखेल तिर एउबाजि चाइँ आउँछ है केटो, अरेओ कुरो नअर्या भन्दा पाप लाउछ!

लु दीप्या कुरो सुन गाम्लेओ। अब हेरि यो उमेराँ तरुनिले क्यार्न सिया सिया अर्दा हुन नि मलाई देखेर? एसो दोहोरो ज्यान भा' ठिटालाई देखेर पो सिसि र सुसु अर्दा हुन नि। यो तरुनि भन्ने जात नि गजप कै रेछ नारन! के जाति जुंगाओ रेखि बसे देखुन कोइले मया मान्छन कि भनेर कुरो कुरो कुरो कुरो हेरि अइले आ'र घाट लाने बेला हँदा नि कउनै तरुनिले फुट्या आँखाले नि हेरेनन्। हन यिनलाइ के चाइनि हो चाइन चाइँ? धपक्क बल्या रुप र जिउ डाल भनुम भने, तो छुँदा फुट्लि जस्तो मखमलि छोयो भने कालो सर्ला जस्तो खत्रि काले संअ डाँडा काटि। समपत्ति कुकुरले नबुत्याउने भालाई टेर्छन कि भनो यो हाउँरो काइँलो साउ गोडा तिन बिसको उमेर हुँदा नि कुमारै छ। बुझेर बुझि नसक्नु छ बाबै यिनका चर्तिकला!

Read Full Discussion Thread for this article