Posted by: Deep November 27, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

ट्वाक, म र छ्याक मालिगाउँ तिर लागिम फटा फट। ---

मालिगाउँ तिर लागियो तर अब ति अघिका सोमहरु बस्ने कता हो था छैन। तै पनि अघिको युद्धभुमी तिर जाँदै थिम हामी प्रतिद्वन्दी अझै त्यैं छन कि झैं गरी। मालीगाउँ नक्साल तिर ट्वाकका केही उग्र साथिहरु पनि थिए। त्यसैले त्याँ ट्वाकको हौसला झन बढेको थियो। हामी अघिको ठाममा पुग्दा कोही थिएनन। रगतका केही चिन्हहरु  भने अझै देखिन्थे बाटोमा। कुन चै रक्तचिन्हहरु मेरा थिए कुन ति अरु सोमहरुको कसरि चिन्नु -- तै पनि जाँड पानी खाई खाई बनाको रगत त्यसरी खर्च हुँदा दु: लाग्ने नै भो।

सोमहरु त्याँ नभए पछि उनीहरु जुन बाटो लाग्या थे अघि -- त्यै बाटो लागिम हामी। त्यो उकालो उकालो जस्तो बाटो हिन्दा सबै तिर घर घरमा हेर्दै हिन्दै थिम उनीहरुलाई देखिन्छ कि भन्दै। देखिएन। बालमन्दीरको पस्चिम ढोका सम्म पुगियो कोही भेटीएन।

ए अँ बाटोमा मैले ट्वाकलाई सुपारी खै भनेर सोध्या थें उस्ले सुपारीको कुरा नगरी उल्टो मलाई सोध्या थ्यो "तँ पसपति तिर नगएर किन फाईट तिर नी?" मैले म पसपति नै जाँदै थिए घारघुर हुँदा भनेर सुनाएको थिएँ। अनि उस्लाई "म सँग पसपति जानु पर्ला भनेर हराको हो तँ भाते?" भनेर सोध्दा "होईन -- जाने भए अझै बेला छ -- तँ बत्ति बाल्न जाने भए पो -- मन बाल्न जाने -- केई बित्या छैन -- जान्छस?" भनेर उस्ले पनि सोध्यो। अब त्यो हालतमा पसपति गएर के काम? बयान दिंदैको सास्ति --

बयान दिए नै पनि खासै फाईदा हुन्न थ्यो। त्यसैले जान्न भन्दें। ट्वाकले म तिर हेर्दै "सुपारी तँलाई पसपतिमा पर्खीरा होला" सम्म भन्यो अनि "बाँकि चै तैं सोध उस्लाई म अरु केही भन्दिन" भनेर कुरा सकायो। छ्याक भने अलमलिएको अलमलियै थ्यो। ट्वाकले नातेदारहरुले पसपतिमा बत्ति बाल्ने भन्या थ्यो त्यै कुरो हो भनेर छ्याकलाई पनि शान्त गरायो।

त्यो बालमन्दीरको ढोका अगाडीको मोडमा यता उता गर्दै थिम -- छ्याकले -- चिया खाम हिन चिसो चिसो छ -- जाँड खाम भने पैसा छैन भन्यो। हो चिसो चिसो त थ्यो तर आफुलाई अर्कै सुर थ्यो -- सोमहरुलाई बजाउने -- "पैला आको काम सकाम न अनि च्या तिर लागम्ला" भन्या मैले ट्वाकले "अब मान्छे भेट्टाउनु परेन काम सकाउन? आज नभेटे भोली भेटीएलान -- भोली नभेटे पर्सी -- हाम्ले भेट्नु नै उनीहरुले नी भेटनु हो -- खातेहरुलाई भक्लक भक्लक बुझिनस?" ट्वाकले अर्कै शब्दहरुमा चिया खाने कुरा गर्यो।

त्यो टंगालस्कुल छेउको पसलमा चिया तान्दै बसिम। जो आयो मलाई हेर्ने बा! बोरै भन्या। रिस उठ्ने। एउटा केटा चुरोट तान्दै हेर्दै थ्यो मलाई मैले "अरु पनि केही हेर्छस कि?" भनेसी अन्तै हेर्या जस्तो गर्न लाग्यो चुपचाप। हामी भने के के न जित्या जसरी हाँसीम।

च्या स्या सकेर अब फेरी अघिकै बाटो फर्किम भेट भए भयो नभए अर्को दिन ठिक पारम्ला भन्दै हिनिम पसलबाट। "मजा त अर्को दिन हुन्छ बुझिस बाङ्गे पनि हुन्छ" ट्वाकले भन्यो। कुरो त हो। बाङ्गे जाई लाग्न एकदम फुर्तिलो थ्यो।

त्यो पसलबाट अलिकति दक्षिण पस्चिम लाग्ने बित्तिकै एउटा सानो गल्लि आउँथ्यो। त्यो गल्लिले उता बालमन्दीरको मुख्य ढोका (पूर्ब) सम्म पुर्याउँथ्यो हो त्यै गल्लीबाट डबललोड अघिको एउटा सोम र प्रकासे आउँदै रेछन। हाम्ले उनीहरुलाई देख्नु अघिनै उनीहरुले हाम्लाई देख्या हुनु पर्छ। साईकल रोक्यो। त्यो रोक्या साईकल तिर हाम्रो ध्यान गै हाल्यो। मलाई एक्कासी फुर्ती आयो। "यै हो यै हो" मैले सोमहरुलाई देखाउँदै भने। प्रकासे डण्डीमा थ्यो -- उनीहरुले साईकल मोडाउन नभ्याउँदै छ्याकले साइकल समातिहाल्यो। साईकल उचालेर दाईने पट्टीको बारी तिर फ्याल्दियो छ्याकले साईकल।

प्रकासेको अनुहार त हाबा फुस्क्या जस्तै थ्यो त्यो अर्को सोम भने जुर्मुराउँदै थ्यो।

"तैले हात हाल्या हो अघि यस्लाई?" म तिर देखाउँदै  ट्वाकले त्यो सोमलाई सोध्यो।

"त्यस्ले किन यस्को नाक फुटाल्या त?" त्यो सोमले प्रकासेलाई देखाउँदै भन्यो।

"तेरो बाउको नाक मैले हैन बाङ्गेले फुटाल्या भन्या हैन?" यसपाली म जङ्गीएँ। ट्वाक छेउमै थ्यो नत्र म बाउ साउको त कुरा गर्दैन थें।

मैले तेस्को बाउको कुरा गर्या त्यो सोमलाई के मन पर्थ्यो। "जे पायो त्यो नबोल है" उस्ले पनि स्वर ठुलो गर्यो।

छ्याकले फुत्त जंजीर झिकेर घुमाउँदै सोध्यो "किन र के गर्छस?"।

सोमले अहिले भने केही भनेन। बरु प्रकासेले "हैन झगडा नगरम न --अघि पैला हात हाल्या त उसैले हो---" प्रकासेले मलाई देखाएर नरम स्वरमा भन्यो। कुरा हो पनि हैन पनि। मलाई हल्का धकालेको त त्यस्कै साथिले पहिला हो। सट हान्या चैं मैले पैला हो। के गर्ने को को केटी भए पनि केटीले हेरे पछि हान्नै पर्यो।

को फस को लास्ट सँग मतलब छैन -- छ्याकले घिच्याएर प्रकासेलाई पछाडी पुर्यायो। अर्को सोमले रोक्न खोज्या थ्यो ट्वाकले उस्को शैली झिकेर द्रुत गतीमा देब्रे हातले एक हुक सोमको चिउँडोमा, दाइने हातले एक सट गालामा अनि एक किक सोमको पेटाँ बजायो। सोम त ढनमनिदै पर्खालाँ। प्रकासे लगलग-- ट्वाकले उस्लाई हेर्या मात्रै के थ्यो "दाई दाई" भन्न थाल्यो। सोमले पनि बुझ्यो होला ट्वाक अलि डेडली रे छ भनेर -- आक्रामक हुँदै भएन। छ्याकले पनि जंजीरको कामै नआउने भो भन्ने पीरले हो की  सोमको घाँटिमा जंजीर बेरेर उत्पात मुख छोडदै झटकार्दै थ्यो। सोमले जंजिर खिचेर घाँटीको पासो खोल्न खोज्या हुँदो हो छ्याकको सन्तुलन बिग्रेर झ्याङ्ग तिर पुग्यो।

 अनि त के चाहियो? उ त बुरुक बुरुक। ट्वाकले अरु एक दुई छडके किक हान्यो--- दुई चार सट छ्याकले बजायो। मैले केही गरीन। "अर्को तेरो साथि खै?" भनेर ट्वाक ले पटक पटक सोध्दा पनि उनीहरुले केही भनेनन्।  त्यो सोम एक दम हच्कियो। फाईटको मजै आएन। ट्वाकले दुईटैलाई चेताबनी दियो अनि हामी गहना खोज्ने पोखरी तिर फर्केम।

"त्यस्तो झिगे खातेले कुट्या तँलाई अघि?" ट्वाकले मलाई हेरेर हाँस्दै सोध्यो। हुन त मैले सट हान्या सोम अर्कै थ्यो। अर्कै सँग पर्या हो --तर त्यो अघिको अघोरी पनि थ्यो --भाक भुक हान्दै थ्यो म सँग पर्दा अहिले ट्वाक सँग सोमले गति छाडेर मेरो समेत बेईज्जत गर्यो--

"सुपारी आयो होला हिन उस्काँ" भन्यो ट्वाकले। छ्याक चैँ केई मजा आएन यार -- क्या हात चिलाईराथ्यो -- बोरै भयो --बाङ्गेकाँ जाने भए त आउँथे म पनि -- तेस्काँ चै असली माल हुन्थ्यो -- सुपारी काँ त केई न केई-- म त घरै जान्छु -- भन्दै घर तिर लाग्यो।

ट्वाक र म सुपारीको घर तिर लागिम। --

Read Full Discussion Thread for this article