Posted by: shirish November 26, 2007
पुतली - short story
Login in to Rate this Post:     0       ?        

आफ्नो कोठाबाट रुदै मेरो कोठामा आएर भर्खरै लागेको निन्द्रा बिथोली दिई - मेरो सात बर्षे छोरीले  !

"बाबा मेरो सपना हरायो" भन्दै मलाई झक्झकाई ! 
डायजेपामको असरले मेरो दिमाग कुहिरो लागेको जस्तै अस्पष्ट थियो तापनि "कहा हरायो ? भनेर सोधें ! 

"प्ले ग्राउण्डमा"

"खोज्यौ त !" मैले सोधें

"धेरै खोजें भेटिन..भोली बिहान खेल्न मान्छेहरु आउछन् अनि मेरो सपनालाई कुल्ची दिन्छन्...उस्को टाउको, पेटमा
कुल्ची दिन्छन् " भन्दै आंशु बगाउन थालीन् !

"छन् त तिम्रा सपनाहरु हेर त कति धेरै - तिम्रो कोठामा लिभिङ्ग रुममा जताततै - भएकोलाई जताजतै फालेर राख्छौ, एउटा हरायो भनेर कराउछौ- तिमीलाई अरु सपनाहरु किनी दिउला " मैले सम्झाउने कोशिश गरें !

"त्यो मेरो सबभन्दा प्यारो सपना थियो - त्यहि त पाउंदिन " झन्झन् चर्को स्बरमा रुन थालीन् !

बाहिर एकनास परिरहेको हिंउले हावाको धनत्व बढि थियो ! आबाज टाढा सम्म  छिटै र सजीलै फैलिन्छ र छिमेकीहरुलाई
डिस्टर्ब हुन्छ भन्ने डर थियो मेरो मनमा र सम्झाउन खोजें तर मान्दै मानेन ! उल्टै प्ले ग्राउण्डमा जान कर गरे ! 

जाबो एउटा सपना नाम गरेकी पुतली हराएर यत्रो बवाल गेरेकोमा मलाई झोक चलेर आयो !

" त्यो तिम्रो ड्रिम मात्र थियो " हप्काएं मैले !

" Then fix my dream" अबोध पाराले सजीलै सित भनी !

म निशब्द भएं र निरिह थिएं - उस्को ड्रिम फिक्स गर्न !





Last edited: 26-Nov-07 12:25 PM
Read Full Discussion Thread for this article