Posted by: BKMailo November 23, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

दूतावासको सहयोगमा विद्यालय

कास

भोजपुर, मंसिर ६ - भारतीय राजदूतावासको आर्थिक सहयोगले भोजपुरमा दुई विद्यालय भवन निर्माण हुने भएको छ ।

जिल्लाको उत्तर देउराली गाविसस्थित शारदा उच्च मावि र सदरमुकामको विद्योदय उच्च माविको भवन निर्माण गरिने भएको हो । राजदूतावासले शारदालाई १ करोड ९१ लाख र विद्योदयलाई ७४ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

भारतीय राजदूत शिवशंकर मुखर्जीले शारदा र विद्योदयको बिहीबार दुई भवनको शिलान्यास गरेका छन् । मुखर्जीले भारत र नेपालको सम्बन्ध पुरानो रहेकाले एकआपसमा सहयोगको हुनुपर्ने बताए । दोहोरो सम्बन्धले गर्दा पूर्वी नेपालको यो विकट जिल्लामा सहयोग गरेको उल्लेख गर्दै शिक्ष्ाामा अग्रसर हुन भोजपुरबासीलाई सुझाव दिए । 'नेपाली जनताको शिक्ष्ाा, स्वास्थ्य र भौतिक निर्माणमा सहयोग गर्न तयार छौं,' उनले भने- 'भारत सरकारले नेपाली जनताको भविष्य आफैं निर्धारण गर्नेमा विश्वास राखेको छ ।'

मुखर्जीले विरोध भइरहेको सप्तकोसी उच्च बाँधको बारेमा केही बोलेनन् । राजदूतसँगै ३३ किलोवाट क्ष्ामताको विद्युत् केन्द्रीय प्रसारण लाइनको सबस्टेसन उद्घाटन गर्न जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत भोजपुर आएका छन् ।

दस कोठाको भवन निर्माणका लागि टेन्डर दिइसकेको विद्योदय उच्च माविका प्रधानाध्यापक चन्द्रकुमार उदासले बताए । स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले राजदूतावासको सहयोग रकम जिविसमा आइसकेको बताए । भवन निर्माण आठ महिनामा पूरा हुनेछ ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=129149

Read Full Discussion Thread for this article