Posted by: once_in_a_blue_moon November 23, 2007
आमा
Login in to Rate this Post:     0       ?        
नेपाल-आमा, तिमीलाई, माकुरालाई झै,
आफ्नै संतानले खाने भये |
न देखन सक्छु म, न छेक्न नै,
टुक्रा टुक्रा पारेरै लाने भये |

यो-बादी हुन या त्यो-बादी,
सबै बर-बादी नै भये |
नेपाल आमाका बीर सपूतहरु  
खै, आज कहाँ गए ??

म पनि निरीह छू आमा, तिमी झै |
मेरा दाजु-भाईहरु, बेच्न तिमीलाई,
तम्सी रहेछन, तिम्रा संतानहरु नै |
धिक्कार छ,  तिनीहरुलाई, मलाई |


Last edited: 23-Nov-07 09:29 AM
Read Full Discussion Thread for this article