अचम्मको कुरो मैले आज सम्म हिउँ महसुस गर्ने मौका पाएकै छैन। जाडो भन्ने बितिकै खुम्चिन्छु म चै । त्यो कस्तो हुदो हो ठाँउ?जहाँ बाह्रै मास हिउँ परिरहन्छ:)
अब,फोटो र सिनेमामा देखिने हिउँ र वास्तविक हिउँ त उस्तै होला तर मेरो सपनामा कहिले काहिँ आउने हिउँ चै सफा कन्चन र सेतो-फोटोको जस्तै हुन्छ ,तर कत्ति पनि चिसो हुदैन कपास जस्तै नरम हुन्छ
सानो छदा बिहानै स्कूल जादा माथि पहाडमा देखिने हिमचुली हेरेर दौडन्थ्यौ । जति पर पुगे पनि हिमचुली चै उस्तै दुरिमा देखिदा अचम्म लाग्थ्यो-किन होला घरबाट पनि त्यहि ठाउँमा देखिन्छ स्कूलबाट पनि त्यहि ठाउँमा देखिने? हिउँदको जाडो होस या जेठ महिनाको गर्मी हिमाचल सधै उस्तै देखिन्थ्यो।अनि बेल्का हुदा चै घामको किरण हरुले गर्दा रातो रंग मा देखिन्थ्यो । यता आएदेखि पहाड त कतै देखिदैन नेपालको सानो डाँडा जस्तोलाई पहाड पो भन्दा रे'छन। अस्तिको समर मा जर्जिया,टेनिसि जाँदा त्यता तिर नेपालको जस्तै पहाड देख्दा रमाइलो लाग्यो ।तर,त्यहाँको पहाडसंग हाम्रो नेपालको जस्तो हिमचुली देखिएन। प्रकृतीले पनि सबैलाइ एउटै वर्दान कहा दिदो रहेछ र?
तराइको सुन्दर खेत र पहेलो तोरिबारिमा उभिएर हिउँदको न्यानो घाममा हिमचुळी हेर्दाको मज्जा नै बेग्लै। तर अझै सम्म हिउँ छुने मौका पाएकिछैन। एकपटक हिउँमा दौड्ने कुद्ने त हैन ( चिसो संग एकदम डर लाग्छ )मज्जाले हिउँको ढिक्का खेलाएर हातलाइ कक्र्याक कुक्रुक पार्नु छ। कस्तो हुदो हो हिउँको चिसोमा हात ठिहिराएको? आइस् छोए जस्तै कि असिनाले चुटे जस्तै ?!!!
तर,मलाई दुभो माथि परेको टल्कने शीत थोपा निकै राम्रो लाग्छ। चौरमा बिहान बिहानै हिड्दा त्यसमा देखिने पाइलाको छाप असाध्यै मनपर्छ।