Posted by: deeps November 21, 2007
प्रशान्त तामाङ : सोनीको लैनो गाई
Login in to Rate this Post:     0       ?        
भनिन्छ, सत्य सधै तीतो हुन्छ, अप्रिय हुन्छ। केही समय यता मेरो दिमागमा एउटा यस्तै अप्रिय सत्य बास बस्न आइपुगेको छ। तर, जतिबेला यो सत्य ममा पाइतो सरेको छ, त्यतिबेलै मानिसहरु एकनासले त्यस सत्यलाई आँखा चिम्लेर एउटा कात्तिके विवाहमा जन्ती गइरहेका छन्। म त्यो दृश्य पनि धेरै दिनदेखि एकनासले हेरिरहेको छु। कहिले काठमाडौंमा त कहिले बुटबलमा, कहिले पोखरामा त कहिले धरानमा पटकपटक देखिएको त्यो कात्तिके जन्ती र त्यसका लागि आवश्यक वातावरण बनाइदिने फोबञ्जारी सञ्चारकर्मलाई पनि एकनाशले हेरिरहेको छु। त्यसका लागि पस्किएका एड्भोर्टरिल्स, इन्फोमर्सियल्सलगायतका सञ्चार सामग्रीहरु र ती सामग्री पस्कने  खेताला सञ्चारकर्मीहरुको थप जन्ती पनि देखिरहेकोछु।

प्रसंग यो बेमौसमी विवाह र त्यसका बेहुला प्रशान्त तामाङको हो। सोनी टेलिभिजनले एउटा कार्यक्रममार्फत् इन्डियन आइडल बनाएका यी नेपाली मूलका भारतीय तन्नेरीको प्रशंसामा मैले यही पत्रिकामा लेखेको थिएँ, भारतीय हैकमवादविरुद्ध उठेको नेपाली शान अर्थात् प्रशान्त। प्रशान्तलाई इन्डियन आइडल बनाउन नेपालमा देखिएको अभूतपूर्व प्रशान्त प्रेम र त्यसको परिणामस्वरुप उनलाई प्राप्त भएको सफलतामा नेपालमा देखिएको हर्षबढाईंको पछाडि मलाई लागेको कारण त्यही थियो। हुन पनि नेपालमा एउटा व्यक्तिको सफलतामा त्यति धेरै खुसियाली मनाइएको इतिहास अभिलेखमा पाइँदैन, त्यसमा पनि एकजना प्रवासी नेपालीका पक्षमा वास्तवमा यो आफैमा एक चमत्कारिक प्रतिक्रिया थियो। यता नेपालमा जुन मानकमा चमत्कारिक हर्ष बढाईं भइरहेको थियो, त्यही बेला भारतमा भने प्रशान्तलाई लिएर रंगभेदी तथा वर्णवादी प्रतिक्रियाहरु सार्वजनिक भइरहेका थिए।  जहाँ प्रशान्त इन्डियन आइडल बने, त्यहाँ उनको चर्चा पूरै सेलाइसकेको थियो। त्यसलाई सेलाउन स्वयं टेलिभिजन पनि लागेको थियो। तर यता नेपालमा भने प्रशान्त ज्वरो यति चढेको थियो कि एक किसिमको बुहलीपनाकै हैसियतमा चढेको थियो भने पनि हुन्छ। नेपालीको यही पागलप्रेमलाई सोनी टेलिभिजनले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्दै  प्रशान्तका लागि नेपाल बजार बनायो। सोनीले प्रशान्तका लागि जुन एक करोड रुपैयाँ दिनुपर्थ्यो, त्यो उसले नेपालमै उठाउन अहिले प्रशान्तलाई आफ्नो ब्रान्ड बनाएको छ।  (more…)

Read Full Discussion Thread for this article