Posted by: Rahuldai November 21, 2007
हाम्रोमा हिउ पर्‍यो तपाईंको मा नि?
Login in to Rate this Post:     0       ?        

मैले आफ्नो देश मा हिउं कहिलेइ देखिन। पहिलो पल्ट नेडरल्यान्डस् को डेल्फ्ट मा देखेको थिएं। सिनेमामा देखेको हिउं र साच्चैं देखेको उस्तै रहे छ।


आफ्नो परिचय संगै नेपालको परिचय गाँसिएकै हुन्छ। नेपाल संग सगरमाथा। "सगरमाथा चढयौ?" धेरै को प्रश्न, धेरैले झेलेको हुनु पर्दछ। बत्तीमुनी अंध्यारो के थाहा?
सगरमाथा आफ्नै नागरिकहरु संग दूर् छ, रुष्ट छ। आधा भाग चिनलाई बेचिंदा, सगरमाथाको अस्मिता बम्बइको बजारमा बेचिएकी चेली जस्तै भइन् होली। चुपचाप हिउंमा रमाउने परदेशी र तिनको भारि बोक्ने स्वदेशीको पाइलाहरुको नील डाम छातिभरि बोकी राष्ट्रको ढुकुटी बलियो बनाइ रहेकी छिन्। तिनै धनमा फुफुको धन मामाको श्राद्ध गरि राख्याछन्। तै पनि शिर पुरै फुलेकी सगरमाथा चुपचाप सहि राखेकी छिन्। देशका निरही जनता जस्तै। अस्तु!

Read Full Discussion Thread for this article