Posted by: abodh November 21, 2007
Maoists are Day Robbers
Login in to Rate this Post:     0       ?        

Hello Sajhabasi

Maosts have formed a committee to rob the hard earn money from hard working Nepali. I wonder how debilitating so called prime minister GP Koirala and other so call corrupted leaders are reacting:

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=128897

रकम संकलन गर्न केन्द्रीय टोली

कास

काठमाडौं, मंसिर ४ - माओवादीले देशभरका पहिलो र दोस्रो श्रेणीका ठेकेदार, होटल, कम्पनी र व्यावसायिक संस्थासँग 'सहकार्य गरी' रकम संकलन गर्न केन्द्रीय टोली बनाएको छ ।

केन्द्रीय अर्थ विभागको मंगलबारको बैठकले 'शान्ति वार्ता सुरु भएपछि आइपरेको ऋणभार हटाउन र आन्दोलनलाई सुदृढ गर्न नियमित र विशेष आर्थिक सहयोग संकलन' योजना बनाएको हो । उठेको रकम र खर्च विवरण ६/६ महिनामा सार्वजनिक गर्ने माओवादीले बताएको छ । उसका अनुसार माओवादीलाई ८/१० करोड ऋण लागेको छ ।

विभागका इन्चार्ज 'विप्लव' ले सहयोग संकलनलाई व्यवस्थित र एकद्वार बनाउन खोजिएको बताए । 'यति उठाउने भन्ने छैन,' उनले भने- 'तीन महिनासम्म अभियान लैजान्छौं ।' उनले अनधिकृत व्यक्तिबाट सताइने र आधिकारिक व्यक्तिको पहिचान गर्न गाह्रो हुने अवस्था अन्त गर्न 'अर्थ विभागका सदस्यहरूको सम्पर्क नम्बर' सार्वजनिक गर्ने बताए ।

विप्लवले जारी गरेको विज्ञप्तिमा रकम संकलनका लागि 'विभागका सदस्यहरू परिचयपत्र र भरपर्दो सम्पर्क माध्यमसहित सहभागी बन्ने' उल्लेख छ । विभागमा ईश्वरी दाहाल -असारे काका), शालिकराम जमरकट्टेल, लेखनाथ न्यौपाने, मोहन कार्की -जीवन्त), वाईसीएलका सागर, रामकाजी गुरुङ -करण), दयाराम शर्मा न्यौपाने, कृति, टंक गिरी, सुदर्शन बराल र हेमराज भट्टराई -श्रवण) छन्

Read Full Discussion Thread for this article