Posted by: Rahuldai November 20, 2007
Login in to Rate this Post:
0
?
उफ्री जी,
धन्यबाद, टिप्पणीको लागि। संझना मात्रै त हो नि जिन्दगीका रमाइला क्षणहरु। निष्कपट, निर्दोष आत्मको उद्बोधनहरु। जति ठुला हुंदै गयौं, त्यति धमिलिंदै जान्छौं। त्यो काल, त्यो चाल् दुबै निर्मल थियो, कन्चन थियो।
तपाईलाई गट्टी (एकंधाला) खेल्न मन लाग्यो होला, कसैलाई घ्वाँई खेल्न। जमाना रंग बद्लन्छ, भन्छन्। युग परिवर्त्नको संघारमा जिएकाहरुमा पर्यौं। हाम्रा बौ बाजेले पनि साना छंदा यसरी नै खेलेर हुर्केका थिए। तर हामी पछीका पुस्ताले भिडियो गेम र मशिनको खेलौना बाहेक चिनेका छैनन्, साइबर क्याफे गन्तब्य भएको छ।