Posted by: BKMailo November 19, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

हवाई टिकट लिन नागरिकता

माओवादी द्वन्द्वका बेला सर्वसाधारणले नागरकिता वा परचिय खुल्ने कागजात बोकेर हिँड्नैपथ्र्यो । तर, लोकतन्त्रमा पनि भोजपुरका बासिन्दालाई यो अनिवार्यजस्तै भएको छ । किनभने, नागरकिता नभएसम्म हवाई टिकट पाइँदैन  ।

भोजपुरबाट विराटनगर र काठमाडाँैको उडानमा अनावश्यक टिकट काटेर बढीमा बिक्री गर्न थालेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले नागरकिता अनिवार्य गरेको हो । वास्तविक यात्रुले टिकट पाउन् र अनियमितता नहोस् भनेर यस्तो व्यवस्था गरएिको स्थानीय प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थी भन्छन्, "सबै पक्षको सहमतिमा हवाई टिकट लिन सम्बन्धित व्यक्ति आफैँ नागरकितासहित उपस्थित हुनुपर्ने व्यवस्था गरेका हौँ ।" गाउँलेले नियमित लाइन बसेर सदरमुकाम र त्यसवरपरका केही व्यक्ति र समूहले टिकट पाउने र कालोबजारीमा बेच्ने गरेको गुनासो गरेपछि दसैँदेखि नयाँ व्यवस्था गरएिको हो  । यसबाट कालोबजारी नियन्त्रण हुन थालेको छ ।

नयाँ व्यवस्था गर्नुअघि नेपाल वायुसेवा निगमको स्थानीय कार्यालयको भीड नियन्त्रण गर्न प्रहरी परचिालन गरँिदै आएको थियो । यात्रुहरूले दसैँअघि विराटनगरका लागि दुई हजार र काठमाडौँका लागि चार हजार रुपियाँसम्ममा टिकट किन्नुपरेको थियो  । काठमाडाँैको टिकट शुल्क दुई हजार आठ सय सात रुपियाँ र विराटनगरको एक हजार दुई सय २० रुपियाँ चाहिने वैधानिक व्यवस्था छ ।

शाहीमान राई/भोजपुर

Source:  http://kantipuronline.com/Nepal/ankhijhal.php

Read Full Discussion Thread for this article