Posted by: Amazing November 18, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

Such a small thing makes big difference

वन पाल्ने लहर

सशस्त्र द्वन्द्वका बेला सरकारको भनेर वन मास्न उक्साउनेहरू नै अहिले संरक्षणमा लागेका छन् । अन्नदान गरेर भए पनि वन जोगाउने अभियान चलेपछि रुकुमका नाङ्गा डाँडाहरूमा हरयिाली छाएको छ । साथै, पायकको वनलाई समुदायले जिम्मा लिएको छ ।

जिल्लाका ८० प्रतिशतभन्दा बढी सामुदायिक वनले वाषिर्क रूपमा घरैपिच्छे मानापाथी अन्न उठाएर वनपाले राखेका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ, रुकुमका अध्यक्ष दलबहादुर रेउलेका अनुसार, वनपाले राख्न नसक्ने उपभोक्ताहरूले आलोपालो गरी वनको रेखदेख गर्दै आएका छन् ।

"सबै उपभोक्ताले आवश्यकता अनुसार वनबाट घाँस-दाउरा पाउने भएकाले वर्षमा दुई-तीन पाथी अन्न दिँदा केही फरक पर्दैन," जनकल्याण सामुदायिक वन उपभोक्ता समूहकी सदस्य हस्तकला डाँगी भन्छिन्, "पहिले दाउरा ल्याउँदा पनि वनपालेको डर हुन्थ्यो, अहिले घर बनाउने काठसमेत सजिलै पाइन्छ  ।"

जिल्ला वन कार्यालयले १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र दुई सय ८४ वटा समुदायलाई हस्तान्तरण गरसिकेको छ । वनस्रोतको संरक्षण, सम्वर्द्धन र सदुपयोगका निम्ति दिगो वन व्यवस्थापन तथा आर्थिक र सामाजिक सशक्तीकरणका कार्यक्रममार्फत विपन्न उपभोक्ताको आयस्तर बढाउन जडीबुटी खेतीको तालिम दिन थालिएको छ । एक दर्जनभन्दा बढी सामुदायिक वनहरूले खाली चौरमा जडीबुटी खेती सुरु गरेका छन् ।

सुदर्शन रिजाल/रुकुम From NEPAL

Read Full Discussion Thread for this article