Posted by: Amazing November 18, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

पालो राजधानीबाहिरको

निजी क्षेत्रका वाणिज्य ब्याङ्कहरुको ध्यान उपत्यकाबाहिरका सहरी तथा अर्धसहरी क्षेत्रतिर केन्दि्रत

मुकुल हुमागाईं

कात्तिक २६ गते एकैदिन मुलुकका नौ सहरहरूमा नबिल ब्याङ्कले शाखा स्थापना गर्‍यो । यी सबै शाखाको काठमाडौँमा ब्याङ्कका अध्यक्ष र सञ्चालकहरूले कम्प्युटरमार्फत उद्घाटन गरेका थिए । छ महिनायता एभरेस्ट ब्याङ्कले खोलेका दुई नयाँ शाखाहरू पनि काठमाडौँबाहिर नै थिए । उता, ब्याङ्क अफ काठमाडौँ जुम्लालगायतका सात ठाउँमा शाखा विस्तार गर्दैछ  । त्यस्तै, पछिल्लो समयमा आएका निजी क्षेत्रका दुई नयाँ ब्याङ्कहरू सिटिजन्स ब्याङ्क तथा सनराइज ब्याङ्कले पनि काठमाडौँबाहिर शाखा कार्यालय खोल्न भवन भाडामा लिने वा भवन निर्माणका लागि विज्ञापन गरेका छन् ।

मुलुक राजनीतिक स्थिरताको बाटोमा लम्कँदा राजधानी तथा प्रमुख सहरमा केन्दि्रत वाणिज्य ब्याङ्कहरू अहिले राजधानीबाहिर शाखा विस्तारमा लागेका छन् । यसले सहरमा मात्र ब्याङ्किङ् कारोबार गर्ने संस्कृतिलाई तोड्दै अब निजी ब्याङ्कहरू अर्धसहरी र दुर्गम क्षेत्रतिर पनि केन्दि्रत हुन थालेको सङ्केत गर्दछ । एक दशक लामो माओवादी द्वन्द्व शान्तिपूर्ण समाधानको बाटोमा लाग्दा नयाँ ठाउँहरूमा जान ब्याङ्कहरूलाई सहज भएको हो । पछिल्लो समय बाग्लुङमा एभरेस्ट ब्याङ्क तथा नबिल ब्याङ्कले शाखा खोल्नु, ब्याङ्क अफ काठमाडौँ बाँकेको कोहलपुर पुग्नु यसकै उदाहरण हो  ।

नेपालमा यतिखेर झन्डै दुई दर्जन वाणिज्य ब्याङ्क सञ्चालनमा छन् र थप दुई वित्तीय संस्था 'क' वर्गको ब्याङ्कका रूपमा 'अपग्रेड' भएर आउँदैछन् । र, यी सबैको कारोबारको मुख्य केन्द्र काठमाडाँै उपत्यका तथा प्रमुख सहरहरू नै रहँदै आएको छ । सहरी क्षेत्रमा तीव्र प्रतिस्पर्धामा कम 'मार्जिन' मा काम गर्नुको साटो नयाँ ठाउँहरूमा नयाँ बजार र कारोबारकोे रणनीति नेपाली ब्याङ्कहरूले अपनाउन थालेका छन् । नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भन्छन्, "ग्रामीण नेपालमा आधुनिक ब्याङ्किङ्को छायासमेत छैन, नबिलको हालको शाखा विस्तार नयाँ व्यापारका अतिरत्तिm नयाँ बजार खोज्ने पनि हो ।"

सहरी क्षेत्रमा 'कर्पोरेट ब्याङ्किङ्', 'कन्जुमर ब्याङ्किङ्' तथा 'डिपोजिट मार्केटिङ्' मा अत्यधिक प्रतिस्पर्धाले वाणिज्य ब्याङ्कहरूलाई नयाँ बजार खोज्न बाध्य तुल्याएको हो । यसलाई ब्याङ्कहरू पनि स्वीकार्छन्  । मुलुक राजनीतिक स्थिरताको बाटोमा रहेका बेला आधुनिक ब्याङ्किङ् सेवा नपुगेका अर्धसहरी तथा ग्रामीण क्षेत्र उनीहरूका लागि उपयुक्त बजार बनेको छ । त्यसैले प्रायः सबै वाणिज्य ब्याङ्कहरूको अबको रणनीति काठमाडौँबाहिरको बजारलाई प्रयोग गर्ने नै हो । नबिल ब्याङ्कले तीन चरणमा १०/१० गरी थप ३० शाखा खोल्दैछ । त्यसैको पहिलो चरण अन्तर्गत जनकपुरबाहेक नौ स्थानमा नबिलले हालै शाखा खोलेको हो  । नेपाल इन्डस्टि्रयल एन्ड कमर्सियल -एनआईसी) ब्याङ्कले यस आर्थिक वर्षमा थप पाँच शाखा खोल्दैछ, जसमध्ये तीन काठमाडौँबाहिर खोलिनेछन् ।

नयाँ ब्याङ्कहरू सनराइज तथा सिटिजन्सले पनि हाल काठमाडौँबाहिर नै शाखा विस्तार गर्दैछन् । सिटिजन्स ब्याङ्कले विराटनगर, वीरगन्ज, पोखरा तथा नेपालगन्जमा शाखा कार्यालयको भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । त्यस्तै, सनराइज ब्याङ्कले १५ शाखाका लागि भवन भाडामा लिने विज्ञापन गरेको छ । सनराइज ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन भन्छन्, "आगामी पाँच-छ महिनाभित्रै हामी काठमाडौँबाहिर चार-पाँचवटा शाखा खोल्दैछौँ ।" सो ब्याङ्क पहिलो चरणमा दमौली, बेसीसहर, बिर्तामोड, इलाम, धरान, राजविराज, काँकरभिट्टा वा धुलाबारीमा शाखा खोल्ने तयारीमा छ । त्यस्तै, दोस्रो चरणमा नेपालगन्ज, धनगढी, सुर्खेत जाने ब्याङ्कको योजना छ । बिर्तामोडलाई 'रजिनल हब' बनाएर त्यहाँबाट इलाम, धरानलगायतका शाखाहरू सञ्चालन गर्ने योजना यसको छ ।

अधिकांश निजी क्षेत्रका ब्याङ्कमा काठमाडौँबाहिर एउटा शाखा स्थापना गरेपछि काठमाडौँमा अर्को कार्यालय खोल्न पाइने राष्ट्र ब्याङ्कको नियम पूरा गर्न शाखा खोल्ने प्रवृत्ति थियो । सिटिजन्स ब्याङ्क तथा सनराइज ब्याङ्कका लागि राजधानीबाहिर शाखा खोल्नु आवश्यकता नै थियो भन्न मिल्छ । तर, अहिले स्थापित तथा पुराना वाणिज्य ब्याङ्कहरूले राजधानीबाहिर शाखा खोल्नुको कारण काठमाडौँमा थप अर्को शाखा खोल्नु होइन । नयाँ बजार र व्यापारको खोजीमा नै उनीहरू राजधानीबाहिर गएका हुन्  । नबिल ब्याङ्कका अनिल शाह भन्छन्, "हामीले यो प्रवृत्ति छाड्याँै ।"

पछिल्लो एक दशकमा आन्तरकि द्वन्द्वका कारण वित्तीय संस्थाहरू गाउँगाउँमा पुग्न सकेका थिएनन्  । भएकाहरू पनि सुरक्षाका कारण केन्द्रीकृत भएर सदरमुकाम तथा सहरतिर सीमित भए । यसैलाई इङ्गित गरेको छ, विश्व ब्याङ्कको 'एक्सेस टू फाइनान्सियल सर्भिसेस इन नेपाल' नामक अध्ययनले । जसका अनुसार, एक दशकमा नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाको सङ्ख्या बढे पनि तिनमा आमजनताको पहँुच भने बढ्न सकेन । अध्ययनले २६ प्रतिशत नेपालीको मात्र ब्याङ्क खाता रहेको तथा औपचारकि क्षेत्रबाट ऋण लिनेको सङ्ख्या ज्यादै कम रहेको पनि देखाएको छ ।

नेपाल राष्ट्र ब्याङ्कको 'अधिकतम सङ्ख्या तोक्ने वा नियमनकारी सुधार गर्ने' भन्ने एक अध्ययनले पनि यस्तै देखाएको छ । जस अनुसार, मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा वित्तीय संस्थाहरूको उपस्थिति न्यून छ र आमजनताको ब्याङ्किङ् क्षेत्रमा पहँुच पनि कम छ । मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा वाणिज्य ब्याङ्कका शाखाहरू क्रमशः ३१ र २२ मात्र छन् -हेर्नुस्, बक्स) । अध्ययनका अनुसार, मध्यपश्चिमाञ्चल क्षेत्रमा प्रति ८७ हजार व्यक्तिका लागि एउटा वाणिज्य ब्याङ्क छ भने सुदूरपश्चिमाञ्चल क्षेत्रमा प्रति एक लाख व्यक्तिका लागि एउटा वाणिज्य ब्याङ्क । उता, मध्यमाञ्चल क्षेत्रमा प्रति ३९ हजार व्यक्तिका लागि एउटा वाणिज्य ब्याङ्क छ । यसले देखाउँछ, नेपाल आफँैमा 'अन्डर ब्याङ्किङ् कन्ट्री' हो । ब्याङ्किङ् क्षेत्रले गर्नुपर्ने काम र क्षेत्र अझै धेरै छ ।

विश्व ब्याङ्कको सो अध्ययन भन्छ, गएको दशकमा ग्रामीण क्षेत्रमा निजी तथा संयुक्त लगानीका ब्याङ्कहरू गएनन् । निजी क्षेत्रका वाणिज्य ब्याङ्कहरूमाथि आरोप हुन्थ्यो, यिनीहरू सहरी क्षेत्रमा मात्र सीमित रहे । नबिल ब्याङ्कका अनिल शाह भन्छन्, "सहरी क्षेत्रमा मात्र बसेर नाफा कमाउने होइन, ग्रामीण क्षेत्रमा आमनेपालीलाई सेवा दिएर नाफा कमाउने तरखरमा हामी लागेका छौँ ।"

वाणिज्य ब्याङ्कहरूले राजधानीबाहिरका सहरहरूमा शाखा खोली अर्धसहरी तथा ग्रामीण क्षेत्रमा आफूलाई केन्दि्रत गराउन खोज्नुका पछाडि पनि व्यापारकि स्वार्थ लुकेको छ । अनिल शाहकै शब्दमा, ब्याङ्कहरूको यी क्षेत्रमा विस्तारको मूल कारण नाफा कमाउनु नै हो  । स्थानीय आर्थिक गतिविधि तथा सम्भावनाहरूको हिसाबकिताब गरेर नै ब्याङ्कहरूले यी क्षेत्रमा पाइला टेकेका हुन्  । सनराइज ब्याङ्कका किशोर महर्जन भन्छन्, "सप्तरी चेम्बर अफ कमर्सका पदाधिकारीहरूको छलफलपछि यही वर्ष नै हामीले राजविराजमा शाखा खोल्ने निर्णय गरेका हौँ  ।" उता, मुलुकमा स्थिरतासँगै पुनःनिर्माण तथा पूर्वाधार विकास ग्रामीण क्षेत्रमा हुने अपेक्षा गरएिको छ । त्यस्तै, रेमिट्यान्सको अन्तिम गन्तव्य पनि ग्रामीण क्षेत्र नै हो । यिनै परदिृश्य तथा सम्भावनाहरूले वाणिज्य ब्याङ्कहरूलाई यो क्षेत्रमा जान हौस्याएको हो । यी क्षेत्रमा रेमिट्यान्स, कृषि तथा उपभोक्ता ऋण, साना तथा मझौला कर्जा -एसएमई लोन) तथा माइक्रो फाइनान्स -लघुवित्त) ब्याङ्कका लागि कारोबारका क्षेत्र हुनेछन् ।

नबिलका अनिल शाह भन्छन्, "स्थानीय बजारको आवश्यकता अनुसारका सेवा र उत्पादन हामी दिँदैछौँ, जसमा कृषि ऋणदेखि साना व्यवसाय कर्जा सबै पर्छन् ।" सनराइज ब्याङ्कका किशोर महर्जनका भनाइमा, "हामीजस्तो नयाँ ब्याङ्कका लागि १०-१५ करोडको 'कर्पोरेट लेन्डिङ्' मा जोखिम ज्यादा छ, बरु साना तथा मझौला कर्जामा जाँदा जोखिम कम हुन्छ । त्यसमाथि साना कर्जावालहरू अनुशासित ग्राहकहरू हुन्छन्, जो हम्मेसी 'डिफल्ट' गर्दैनन् ।" कृषि विकास ब्याङ्कको अनुभवले पनि साना कर्जावालहरूमा 'डिफल्ट' को समस्या नरहेको देखाएको छ । तर, यससँगसँगै राजधानीबाहिरका सहरमा पनि ब्याङ्कहरू 'ओभर क्राउडेड' हुने खतरा छ । उदाहरणका लागि बिर्तामोड, विराटनगर, वीरगन्ज, पोखरा, नारायणगढ, बुटवल, नेपालगन्जजस्ता सहरमा चार-पाँच वाणिज्य ब्याङ्कहरूको उपस्थिति भइसकेको छ ।

वाणिज्य ब्याङ्कहरू राजधानीबाहिरका सहरमार्फत अर्धसहरी तथा ग्रामीण क्षेत्रमा केन्दि्रत हुँदाको प्रभाव कस्तो होला त ? स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सुजित मुण्डल भन्छन्, "वाणिज्य ब्याङ्कहरूको शाखा विस्तारको अभियानको प्रभाव कस्तो हुन्छ भन्ने हेर्न केही समय पर्खनैपर्छ तर यसले आमजनताको ब्याङ्किङ् क्षेत्रमा पहँुच भने पक्का बढाउनेछ ।" नबिलका अनिल शाह यतिसम्म भन्छन् कि आगामी दिनमा नेपाली ब्याङ्किङ्मा नाफा कमाउने अवसर जति ग्रामीण क्षेत्रले दिन्छ, त्यति सहरी क्षेत्रले दिँदैन  ।

क्षेत्रगत रूपमा वाणिज्य ब्याङ्कका शाखाहरू

पूर्वाञ्चल ९१

मध्यमाञ्चल २०७

पश्चिमाञ्चल ८६

मध्यपश्चिमाञ्चल ३१

सुदूरपश्चिमाञ्चल २२

तेत्तीस व्यवसायीलाई सीआईपी

चार वर्षको अन्तरालपछि नेपाल सरकारले उद्योग वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगी/व्यवसायीलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति -सीआईपी) सम्मान पुनः दिएको छ । मुलुकको उद्योग वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ३३ उद्योगी/व्यवसायीलाई कात्तिक २८ गते उद्योगमन्त्री कृष्णप्रसाद सिटौलाले सो सम्मान प्रदान गरे । निर्यात व्यापारको माध्यमबाट औद्योगिक उत्पादन, लगानी र रोजगार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्वदेशी तथा विदेशीलाई नेपालको आर्थिक विकासमा प्रोत्साहन गर्न यसप्रकारको सम्मान स्थापित गरएिको हो ।

सीआईपीबाट सम्मानित भएका व्यक्ति तथा संस्थाहरूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष सुविधाहरूसमेत दिएको छ । आर्थिक वर्ष २०५९/०६० र ०६०/०६१ मा निर्यात व्यापारमा अग्रस्थानमा रहेका ११ निर्यातकर्ता, नेपालबाट आयात गर्ने विदेशी क्रेताबाट पाँच जना, नेपालको निर्यात व्यापारमा अग्रस्थान हासिल गर्ने उत्कृष्ट निर्यातकर्ताबाट छ जना, नेपाली वस्तुको आयातमा उल्लेखनीय स्थान हासिल गरेका उत्कृष्ट विदेशी आयातकर्ताबाट पाँच तथा संस्थागत अध्यक्षका तर्फबाट छ जनाले यसप्रकारको सम्मान पाएका छन् ।

नेपाली वस्तु निर्याततर्फ तयारी पोसाकको शीर्षस्थानमा कटन कम्फोर्ट प्रालि, ऊनी गलैँचातर्फ साम्लिङ् कार्पेट इन्डस्ट्री, ऊनी तथा पश्मिनातर्फ एक्सक्लुसिभ फेबि्रक प्रालि, वनस्पति घिउतर्फ श्रीकृष्ण आयल रपिmाइनरी एन्ड भेजिटेबल घी इन्डस्ट्री, जुटका सामानतर्फ अरहिन्त मल्टिफाइवर्स लिमिटेड, साबुन तथा दन्तमञ्जनतर्फ डाबर नेपाल, धातुतर्फ आरती स्ट्राइप प्रालिले सम्मान पाएका छन् । त्यसैगरी, संस्थागततर्फ नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परसिङ्घ, नेपाल तयारी पोसाक उद्योग सङ्घलगायतलाई सम्मान गरीयो  ।

नेपाली वस्तु पैठारी गर्ने विदेशी खरदिकर्तातर्फ प्लम ट्रेडर्स इङ्क क्यानाडा, लेदर एम ट्रेडिङ् चीन, म्याक मक्वे अमेरकिा, प्रोटोल्यान्ड प्रोडक्टस् इङ्क क्यानाडा, नेचर ई डिकोभर्टस प|mान्सले पनि सीआईपी सम्मान पाएका छन् ।

 

NEPAL bata

Read Full Discussion Thread for this article