Posted by: deeps November 17, 2007
रक्सि र सेकुवा खाँदै मान्छे जलाउँदै?
Login in to Rate this Post:     0       ?        

जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहले गत कात्तिक २० गते जनकपुर १४ मुजेलियाका ३० वर्षीय युवक दिलवर साहलाई जिउदै जलाएर मारे। जिउँदै जलाउँदा छट्पटिएको दृश्य हेन नसकेर वरपरका केही व्यक्ति मुर्छा परेका थिए। सर्वाधिक दुःखद् विडम्वना के भयो भने यत्रो नृशंस, क्रुर र जघन्य अपराध हुँदा स्थानीय प्रशासनले सामान्य चासोसमेत राखेन। प्रशासनले यहाँ धेरै दिलवर मर्ने अनुमान गरेकोमा एउटा मरेछ भन्ने खालको व्यवहार गर्‍यो।

हत्या यसै पनि व्यक्तिको सर्वोच्च अपमान हो। त्यसमाथि एउटा व्यक्तिलाई जिउँदै जलाउनु र जलाउनेहरू वरिपरि रक्सी खाएर नाच्नु घोर पाशविक कर्म हो। गौरमा होस्, कपिलवस्तुमा होस् वा तराईका अन्य जिल्लामा नै किन नहोस् दिनदिनै हुने यस्ता घटनालाई जब स्वाभाविक र सामान्य ठानिन्छ भने अस्वाभाविक र असामान्य चाहिँ के हो? चौतर्फी यो प्रश्न उठेको छ।

दिलवरलाई जलाएको हेन नसकेर मुर्च्छा पर्ने जनता, ज्वालासिंहहरू र नेपाल सरकारलाई एकैठाउँमा राखेर हेर्दा सगसँगै विपरीत भाव सञ्चार हुन थाल्छन्। कहिले लाग्छ, ती जनताको सम्वेदनाचाहि यथार्थ हो। कहिले लाग्छ हैन, ज्वालासिंहको क्रुरता चाहि यथार्थ हो। फेरि लाग्छ, सरकारको सम्वेदनहीनता र अकर्मण्यता चाहि यथार्थ हो। कहिले लाग्छ, नेपाल यथार्थ हो। कहिले लाग्छ तराई यथार्थ हो। कहिले लाग्छ, भारत यथार्थ हो। कहिले लाग्छ, जनता यथार्थ हुन्। कहिले लाग्छ, नेताहरू यथार्थ हुन्। कहिले लाग्छ, लोकतन्त्रको नाममा भइरहेको नौटंकी यथार्थ हो। यी सबैभन्दा पनि माथिको कटु यथार्थ के हो भने अहिले हाम्रो नेतृत्वले अर्थराजनीतिलाई बजार र निर्वाचन प्रक्रियामा समर्पित गरेका छन्। यही दुइवटा प्रक्रियाले सबै समस्याको हल गर्छ भनेर ढुक्क मानेका छन्। सम्पूर्ण शक्ति र ऊर्जालाई त्यही होमिदिएका छन्। (more…) पुरै आर्टिकलकोलागि www.palpaonline.com हेर्नु होला।

Read Full Discussion Thread for this article