Posted by: worldissmall November 17, 2007
अब त परदेशी भईएछ
Login in to Rate this Post:     0       ?        

Aaba Ta Pardeshi Bhaiyechha!!

अब त परदेशी भईएछ
 
 
 
अब त बिरानो भइएछ
देश दूखे पनी मन नदुख्ने भएछ
काडै बिझेपनी नघोच्ने भएछ
दुई चार बर्ष गर्दा गर्दै  परदेशी भईएछ

अब त टाढा को भईएछ
आशुं ले डाडा भीजे पनी  आँखा ओभानो  रहेछ
ठेसै लागेर लडे पनी  आईयाsss नहुने भएछ
दुई चार बर्ष गर्दा गर्दै परदेशी भईएछ

अब त बैगुनी भइएछ
आगै लागे पनी ओ ssहो ss  नपोल्ने भएछ
भेलै पसे पनी  नडुब्ने  भएछ
दुई चार बर्ष गर्दा गर्दै परदेशी भईएछ

अब त निस्ठुरी  भईएछ
माया को फूलै फुले पनी नफक्र्ने   भएछ
सारा बगैचा मा  खडेरी लागेपनी  केही नसुक्ने भएछ
दुइचार बर्ष गर्दा गर्दै  अब त परदेशी भईएछ
 
साच्चै परदेशी भईएछ
देश ले सम्झे पनी  आफुले बिर्सिएछ
डर र त्राश को खेल ले मन तेसै तर्सिएछ
दुई चार बर्ष गर्दा गर्दै सारा शरीर  नमिठो गरी परदेशिएछ
साच्चै अब त परदेशी भईएछ

Read Full Discussion Thread for this article