"त्यै त, त्यै बाँकि छ अब" मैले तुरुन्तै भनेँ। ---
बाङ्गेलाई लानै हुन्नथ्यो। उस्ले त कबितालाई मात्रै हैन त्याँ आएका अरु तरुनीहरुलाई समेत भडकाउन सक्थ्यो। लानु हुन्थ्यो के त? राम राम राम। मैले यसो बिचार गरें बाङ्गेलाई लान भएन , सुपारी पनि खतराको ख मा चडीसक्या थ्यो नियत बिग्रन के बेर? कबिता सँग कुरा नगरे सम्म सुपारीको बारेमा आफ्नो बिचार मैले स्थगित गर्या थिएँ। अब ट्वाक भन्दा गतिलो अर्को मान्छे हुन्नथ्यो मलाई त्यो बेलामा मद्दत गर्ने। उस्ले यता मलाई उकासेको पनि, उता पनि उस्कै मान्छे। ट्वाकको छत्रछायाँमा मेरो कल्याण हुने निस्चित थ्यो।
"ए, ट्वाक बुझिस--?" मैले कुरा सुरु गरें।
"बुझ्न त बुझें तै पनि भन्न--- " ट्वाकले भन्यो। सुपारी मुसुमुसु गर्दै छेउमै थ्यो।
"तँ नी हिन्न यार भोली पशपती" मैले भरोसा कम आशा धेरै स्वरमा भनें।
"म के खान जाने? मलाई न त बोला छ न नै जाने काम छ-- बरु यै सुपारीलाई लिएर जा न -- " ट्वाकले निर्धक्क भन्यो।
"म त जान्न-- यो तरुनी सरुनीको चक्करमा लाग्ने काम छैन -- त्यो पनि आफ्नो भए नी लौ भन्नु --मैले गर्न सक्ने जति गर्दें अब सक्दिन" सुपारीले पैलेई भन्यो।
सुपारीले जान्न भनेर त राम्रै गर्यो। त्यो त मलाई अहिले चाहिया पनि थिएन। त्यै पनि जान्न भन्या सुनेर भनें "ह्या सुपारी -- त्यस्तो कुरा नगर न -- हिन्न-- म पनि गरम्ला नी तँलाई पर्या बेलाँ"
"अहँ, म त जाँदै जान्न-- तैपनि मलाई केही पर्यो भने पनि तँलाई र बाङ्गेलाई त निम्ता दिने बेलाँ मात्रै भन्ने हो -- मैले तिमीहरुलाई नचिनेको हो र? सबैकुरामा म तिमीहरुको बिस्वास गर्छु--यो केटीहरुको बारेमा चैँ मैले बुझिसक्या छ " सुपारीले पक्का कुरा गर्यो।
मैले फेरी ट्वाकलाई भनें "हेर ट्वाक सुपारी जान्न भन्छ --, तैले अलिकति गरेनी मलाई धेरै हुन्छ -- म पनि गरम्ला तेरो लागि -- बिचार गर" मैले बिचार गरमा अलि फरक शैली राखेर भनें। मैले पनि शोभाको कुरा उठाको थिएँ उस्ले पनि बुझेछ क्यारे अलि नरम स्वरमा भन्यो "म कसरी जान मिल्छ भन त -- घराँ बे आईराछ -- दुनियाँ काम छ -- कैले के कैले के -- छिन छिनमा बाउले खोजी रहन्छन।"
"म पनि गर्दिम्ला नी तेरो काम ज्यान दे र-- तँ पिर नगर न -- जे भनेनी गर्दिन्छु ल --" मैले बल लगाएँ।
"हरे -- न केई भा छ न केई एउटी केटीले पशपति बोलाउँदैमा यो अर्काको जे पनि गर्न तयार भैसक्यो -- कत्रो कत्रो कुरा गर्छ गर्नु पर्यो भनें -- यसै मैले यो केटीहरुको पछी लाग्ने काम ठिक छैन भन्या हो र--" सुपारीले आफ्नो सम्बाद पनि बोल्यो।
उस्को कुरा मलाई मन त पर्या थे न तर धुन अर्कै चढ्याथ्यो आफुलाई त्यति बेला। मैले ट्वाक तिर नै बल गरें "प्लीज ट्वाक -- दाई भन्छु"।
उस्ले "ल ल म घरमा हेरम्ला के के गर्नु छ भोली -- मिल्ने रे छ भने जाम्ला -- तर फेरी मलाई सघाउने बेला नाटक गरीस भने काम तमाम हुन्छ नी" ट्वाकले ठुलो आस देखायो।
"किन नाटक गर्थें--मलाई बौलाह कुकुरले टोक्या छ र? नाटक गरे बियोगान्त हुन्छ भन्नेर थाछैन र मलाई?-- तँ ढुक्क हो न" मैले खुसी हुँदै भनें।
ट्वाक म सँग जानु भनेको ठुलो कुरा थ्यो -- पहिला त कबिता उस्को नातेदार -- ट्वाक सँगै भए पछि कबिता आफ्नै हुन्थी -- कसैले केही नभन्ने -- कतै केही तल माथि परेर ज्यानमालको सुरक्षा गर्नु परेको खण्डमा ट्वाक भन्दा गतिलो साथि अर्को भेटदैन थिएँ मैले।
"अहिले केही गर्नु छ तेरो घरमा? गर्नु पर्ने भन" मैले ट्वाक तिर हेर्दै आफ्नो सदासयता देखाएँ।
"थाह छैन अहिले -- बरु तँ सक्छस भनें भात खाएर आइज -- हेरम केही गर्नु पर्छ की--" ट्वाकले भन्यो।
"हुन्छ" भन्दै म घर तिर लागें। ट्वाक र सुपारी कोटालटोल तिर। --
घर आउँदै गर्दा सोचेँ "बाङ्गेकाँ जानु पर्यो क्यार -- फेरी उस्लाई केही थाह छैन सुपारीमाथि जाई लाग्ने हो की?" फेरी लाग्यो अहिले त सुपारी ट्वाक सँगै छ बाङ्गेले केही गर्ने चान्सै छैन -- पछी सम्झाउँला परेछ भनें।
घर तिर आउँदै थिएँ --- मनमा कुरा आयो -- ट्वाकले मेरो काम गर्दिने भए पछि आफुले पनि सकेको त उस्लाई गर्दिने पर्यो -- एक चोटीको शोभाको घर तिर जान मन लाग्यो। उ सँग कुरा गर्न मलाई अब गार्हो थिएन -- कुरा गर्न उसैले सुरु गर्या थिई-- ट्वाकको बारेमा मौका मिलेछ भने यसो कुरा उठाउनु पर्ला भन्दै उस्को रातो घर तिर लागें -- घरै भित्र छिरेर कुरा गर्ने आँट त थिएन तर घर बाहिर कतै बाटामा रैछे भने त दुई चार कुरो भन्न सकिन्थ्यो --उस्को घर भए तिर अलि ठुला ठुला घर थिए -- ठुला ठुला कम्पाउण्ड भएका --बाटो अलि सुनसानै जस्तो हुन्थ्यो।
जाँदै गर्दा सोचेँ हुन त शोभाले ट्वाक मन पराएकी भए त चेतनालाई पक्कै थाह् दिन्थी होला -- कि चेतनाले थाह पाएर पनि ट्वाकलाई भन्न आँट नगरेकी हो की -- मनमा यस्तै यस्तै कुरा गुन्दै जाँदै थिएँ -- शोभाको घरै अघिको मोडमा मोडिएको मात्रै के थिएँ बाङ्गे देखें अघि बढ्दै गर्या -- शोभै हो जस्तो लाग्यो अनुहार त देखीन फुत्त उस्को compound wall को ढोकाबाट भित्र पसी। म टक्क अडेँ। के देख्नु पर्यो।
बाङ्गे अघि बढ्दै थ्यो मैले पछाडी बाट "ए भाते!" भनेर बोलाएँ। उस्ले पछाडी हेर्यो, मलाई देख्यो अनि पर्खियो।
उस्को छेउ पुग्दा उ मुसुक्क हांस्यो। "के गरेर मरीराथिस् हँ तँ यहाँ?, तेरो चाल माल त ठिक छैन नी?" मैले शोभाको घर तिर हेर्दै सोधें।
"के को चालमाल ठिक नहुनु नी -- तँ जस्तो हो र बरु पुण्यको काम गरेर आउँदै छु -- तँ चै के को जासुसी नी?" उस्ले उल्टो सोध्यो।
"के पुण्यको काम गरीस?" मैले सोधें। --