Posted by: Rahuldai November 15, 2007
NEWARI BHOJ: IN DALLAS, TEXAS !!!!!ONLY
Login in to Rate this Post:     0       ?        
लौ बाहुन बाजे, सर्ब प्रथम ब्राम्हण के हो? थाह छ?
ब्राम्हण कुनै जाती बिषेश होइन, त्यो त उपाधी हो। त्यसरी नै नेवार जाती वा थर होइन नेपाल भाषा अर्थात नेवारी भाषा बोलिने हर कोही नेवार हुन्। यसमा कर्मले ब्राम्हण पनि छन्, क्षेत्री पनि छन, बैश्य , शुद्र सबै छन्। धर्म ले बौद्धमार्गी, हिन्दू धर्मालम्बी अनि मुस्लिम पनि छन्।
 अचार्य थर राख्दै मा master's  degree  गरेको ब्यक्ती हुंदैन। न त उ ब्राम्हण नै हुन्छ।
बाग बजारको शकिल अहमदको बोलिचालीको भाषा नेवारी हो, उ ज्यापू कसरी भयो। ह्रिदय चन्द्र मिश्र नेपाल भाषाका साहित्यकार हुन्, उनी कसरी ज्यापू भए।
डा दयाराम् श्रेष्ठले नेपाली साहित्य पढाउनु हुन्छ, अनि पढ्ने चेला जम्मै कथित ब्राम्हण थर गरेका ब्यक्तिहरु हुन्छन्। अब भन्नुस् जातीकोआधारमा को ज्यापू को ब्राम्हण।
त्यसैले  बाहुन बाजे, होस पुर्‍याएर बोल्नुस्, बिना अध्ययन न लेख्नुस्, आफ्ना पूर्खाको इज्जत जनाई संगै न फाल्नुस्।
तारेमाम्।
Read Full Discussion Thread for this article