म त्यहाँबाट निस्कें। धेरै कुरा मनमा आए म बाहिर सडकमा हिन्दै गर्दा।---
चेतना झर्की बा यसै -- मनमा पीर परेकै थ्यो तर कता कता मजा पनि आउँदैथ्यो। चेतना कबिताको नाम लिएर रिसाएकी थिई --त्यो चैं खुसीको खबर थ्यो।
कता जाम? सोचें सुपारीकाँ जाम भने उ कता गा हो ट्वाक सँग थाह छैन -- बाङ्गेकाँ जाम मन छैन। त्यै हिंजो लाग्या घाउमा नुन छर्किने हो उस्ले जिस्केको रे भन्दै -- घरै जान पनि चिया तानेर हिनेकै हो भात खाने बेला नभए सम्म जाने काम थिएन। खाने र सुत्ने बेला देखी बाहेक अरु बेला घराँ हुनु भनेको या त एउटा न एउटा मन नलाग्या काम गर्नु थ्यो नभए उपदेस सुन्न पर्थ्यो। दुईटै मा मन भरीएको आफ्नो। के गर्ने?
सडकमा एक छिन यता र उता गर्दै भगबतीथान सम्म पुग्या थें ट्वाक र सुपारी आउँदै गर्या देखें उता लाम ढुङ्गा तिर बाट। मैले पनि बाटो फेरें उनीहरु आउँदै गर्या बाटो तिर। सुपारी गम्भीर थ्यो ट्वाक हाँस्दै। मैले सुपारीलाई नै घुरेँ। ट्वाकले "सुपारीले त तेरै भलो गर्या रे छ दीप, बुझिनस? मैले अघि नै सोधीसकें यस्लाई किन हिंजो त्यस्तो नभाको कुरा गरीस भनेर --" भन्यो।
"के भलो को काम गरीस?" मैले सुपारीलाई नै सोधें।
ट्वाक तिर देखाएर "यस्ले तँलाई बोलार ले त्यो केटीलाई पुर्याउन जान त भन्यो तर मैले बाङ्गे पनि सँगै छ त भन्या हो भए पनि होस बोलार ले भन्यो --मलाइ त्यो बाङ्गे सँग यसै पनि रिस उठीराथ्यो झन तैले त्यो केटीलाई एक्लै पुर्याउन पाए पो तेरो मनमा लाग्या कुरो गर्न पाउँथिस अब बाङ्गे पनि संगै भए पछि सबै बिगार्दि हाल्थ्यो -- त्यसैले बाङ्गे पनि जाने कुरा मलाई चित्तै बुझेन। अब त्यो मैले बाङ्गेको अघि भन्न भएन -- मै माथि आइलाग्ला भन्ने डर ---" सुपारीले नरम बोलीमा आफ्नो कुरा राख्यो।
कुरा त ठिकै हो -- बाङ्गे म सँग कबिता पुर्याउन हिन्या भे त्याँ धोबीखोला पुग्दा नपुग्दै मेरो ट्रयाजिडी परी सक्थ्यो। बाङ्गेलाई मैले छलाएर एक्लै जान त्यति सजिलो थिएन सँगै भएको बेला ।
सुपारीले अलिकति हाँसेर थप्यो "मैले तेरो यस्तो काम गर्देको छु कि तँ गेस पनि गर्न सक्दैनस"
"के?" मैले सोधें। हामी अहिले भगबतीथान पछाडी थिम सर्को तान्न।
"के होला? ल बिचार गर त" सुपारीले कुरो अल्झायो।
आफुलाई सुन्न हतार भै रा बेलाँ अब के सोच्ने के -- "खै के के यार मलाई था छैन -- के गर्दीस तैले त्यस्तो?"
"हामी सबैलाई एक एक बोतल र एक एक बट्टा चुरोट किन्दीनु पर्छ तैले, हुन्छ?" सुपारीले सोध्यो।
"किन्दीहाल्छ नी यल्ले -- गाँठ साँठ छैन हामी सबैलाई बोतल र चुरोट" ट्वाकले पेच हान्यो।
"गाँठ साँठ नभए के त -- साँठ गाँठ त छ नी -- बाङ्गे सँग कुरा मिलाए पछी बिदेसी रक्सी र चुरोट आउँछ -- पैले कुरा त भन" मैले सुपारी र ट्वाक दुईटैलाई पालै पालो हेर्दै भनें।
बिदेसी ध्वाँ र ट्वाँट हामीलाई चिनाएकै बाङ्गेले। दुईमत थिएन।
"हुन त तँ कुन गतिलो मान्छे हो र तै पनि मैले तेरो बारेमा भाको नभाको गफ लाईदिएँ हिंजो उस्लाई पुर्याउन जाँदा "खाली तिम्रो बारेमा मात्रै कुरा गरी रहन्छ" भन्दें मक्ख पार्दें अनि --"
सुपारीले कुरा रोक्यो। ल हेर हिंजो बाङ्गेको लहै लहैमा लागेर सुपारी गाडन गएको भए? कत्रो पाप लाग्ने रे छ भन्ने लाग्यो।