Posted by: Birkhe_Maila November 12, 2007
Login in to Rate this Post:
0
?
त्यो माथिल्लो गजलको अन्तिम शेर साँच्चिकै एउटा शेर थपिदिएको जस्तो मात्र देखियो। 'बोको' राख्नैको लागि बनाएको जस्तो!
एउटा गजब को गजल भेटियो!
मोतिराम भट्टले लेखेका रे! मलाई आइडिया नै थिएन त्यतिबेला देखि नै नेपाली गजल लेखिन्थ्यो भनेर!
मोतीराम भट्ट-
(तन्नेरी बाट)
इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे
बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे
अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि 'मोति' पनि झर्न लागे