Posted by: Amazing November 11, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

Great performance by Nepal against Asian powerhouse Oman


ओमानसित नेपालको स्वाभाविक पराजय

कात्तिक ११ गते विश्वकप छनोट खेलमा नेपाल र ओमानबीच भएको फुटबल हेर्ने दर्शकहरूले दशरथ रङ्गशाला भरभिराउ थियो । टेलिभजनमा 'लाइभ' प्रसारण हेर्नेहरू पनि त्यत्तिकै थिए । त्यति मात्र होइन, कालो झन्डाको सामना पनि गर्नुपर्‍यो, खेल नेतृत्वले ।

"कालो झन्डाले फुटबल क्षेत्रलाई कुनै असर गर्दैन," एन्फा अध्यक्ष्ा गणेश थापा भन्छन्, "हाम्रो उद्देश्य नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु हो ।" गृह मैदानमा नेपाल ओमानसित पराजित त भयो तर सम्मानजनक रूपमा । त्यसैले पनि यसलाई एउटा उपलब्धिका रूपमा लिँदा फरक पर्दैन । सन् २००२ को छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि नेपालले एकखाले सम्भावना देखाएको थियो । त्यसपछिका दिनमा नेपालले आफ्नो साख भने र्झन दिएको छैन ।

यसअघि असोज २१ गते मस्कटको सुल्तान रङ्गशालामा ओमानसँगको पहिलो खेलमा ओमानलेे खेलको दोस्रो हाफमा गोल गरेपछि नेपाल निकै आक्रामक शैलीमा देखिएको थियो । खेलको पाँचौँ मिनेटमा ओमानका फ्वाजी ब्राइटले हानेको गोल पराजयको मूल कारण बन्न पुग्यो ।

विगतमा एक सय ८५ औँ स्थानमा रहेको नेपालले ७९ औँ स्थानमा रहेको ओमानलाई खेलमा आच्छुआच्छु पारेको थियो । तर, ओमानका गोलरक्षक अल हब्सीका अगाडि नेपालको केही जोड चलेन । नेपाल २-० ले पराजित भयो । खेल अवधिभर नेपालका रतिेश थापाले ओमानलाई पछार्न धेरै प्रयास गरेका थिए तर सफल भएनन् । यद्यपि, उनको प्रदर्शन भने सानदार रह्योे । त्यस्तै नीराजन रायमाझीको दौडाइ र बल प्रहार गर्ने शैलीले पनि प्रशंसकहरूलाई लोभ्याइरह्यो । भर्खरै मात्र अन्तर्राष्ट्रिय खेलमा प्रवेश गरेका सञ्जीव बुढाथोकीले सोचेभन्दा राम्रो प्रदर्शन गरेका थिए । त्यस्तै, सन्दीप राई, चुनबहादुर थापा, विशाल समाल, सन्तोष साहुखल, नीराजन रायमाझी तथा अनिल गुरुङको प्रदर्शन स्तरीय थियो ।

नेपालको प्रदर्शनबाट सुरुमा ओमानका प्रशिक्षक पनि केही आत्तिएका थिए । तर, कम समयको प्रशिक्षण र कमजोर तयारीका साथ ओमानसँग भिडिरहेको नेपालले कुनै अप्रत्यासित परण्िााम भने दिएन । यद्यपि, नेपाली टोलीका प्रशिक्षक श्याम थापा आफ्नो टोलीको प्रदर्शनबाट मख्ख छन् । २००६ मा भएको छनोट खेलमा सहभागिता जनाउन नपाएको नेपालका लागि यो एउटा ठूलो अवसर पनि थियो ।

गत महिना पाकिस्तानमा भएको एएफसी प्रेसिडेन्ट कपको फाइनलसम्म सहभागिता जनाएका राष्ट्रिय टीमका कप्तान रमेश बुढाथोकी, विजय गुरुङ र सुरेन्द्र थापाको अभावले खेलमा केही कमजोरी हुन पुगेको एन्फा अध्यक्ष थापा बताउँछन् । तीनै जना अभ्यास खेलका क्रममा घाइते हुनु नेपाली टोलीका लागि विडम्बना नै हुनपुग्यो ।

उता, राष्ट्रिय टोलीको नेतृत्व पहिलोपटक सम्हालेका राकेश श्रेष्ठ भने यसलाई फलदायी नै मान्छन् । भन्छन्, "खेलमा विजय र पराजयको ठूलो अर्थ भए पनि हाम्रो टोलीलाई कमजोर भने मान्न मिल्दैन ।"

सुधीर नेपाल

www.ekantipur.com

Read Full Discussion Thread for this article