Posted by: Birkhe_Maila November 7, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

जता भेटे नि भो नि लहरे तर किन त्यस्तो अप्ठ्यारो अप्ठ्यारो ठाउँमा भेट्न पर्या नि? पहरामा रे छहरामा रे, फुलको लहरामा रे! भेट्नु नै छ भने यसो, रेस्टुरेन्टमा, पुल क्लबमा, बिचमा, उस्तै परे घरमा भेट्ने नि, पहरामा छहरामा रे! प्रेममा डुबेर मस्ति सुझ्यो भन्दैमा मिल्दै नमिल्ने कुरो त गर्नु भएन नि? पहरामा छहरामा रे! भावनामा डुब्नु नै छ, पहरा छहरा चाहिएकै हो भने पनि यसो, पहरा जस्तो पर्खाल पनि तिमिलाई भेट्न तोडौँ तोडौँ लाग्छ भन्नु। छहरा बगेको जस्तो मेरो माया बगिरा छ भन्नु। कहाँ भेटौँ भनेर पहरामा छहरामा रे!

Read Full Discussion Thread for this article