Posted by: shirish November 6, 2007
The killing of "Birendra Shah"..Lets condemn it
Login in to Rate this Post:     0       ?        

Very few people are coming forward against the atrocity.

Usually the mouth pieces of political organizations are quick to make "press releases", I have not seen that too. May be they are ashamed of their own Government.

Nepe

My choice would be

कुछ चराग निकलते हैं तुफाँ मे

तर

कोठा भित्र जल्ने मात्र काम भईरहेछ !

 

 

२०६४ कात्तिक १९

 

 

 

 

 

 

 

 

 

 

 

2007-11-05

नेकपा -माओवादी) का कार्यकर्ताद्वारा गत असोज १८ गते अपहृत पत्रकार वीरेन्द्रकुमार साहलाई सोही दिन अपहरणकारीले गोली हानी हत्या गरेको विवरण एक महिनापछि सोही पार्टीले आज अपरान्ह सार्वजनिक गरेको सूचनाबाट महासंघ स्तब्ध, भावविह्वल र आक्रोसित भएको छ।
उक्त विवरण सार्वजनिक भएलगत्तै आज साँझ बसेको महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले यस विपत्तिको घडीमा प्रेस स्वतन्त्रताका एक योद्धा पत्रकार साहप्रति हार्दिक श्रद्धाञ्जली एवं उहाँकी श्रीमती उमरावती, ८ वर्षीय छोरा विवेक, ६ वर्षीया छोरी विद्यालक्ष्मी, मातापिता, दाजुभाइसहित शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। सूचनाको खोजीमा हिँडेको पत्रकारलाई सूचना दिन भनेर झुक्याएर अपहरण गरी हत्या गरिएको यो घटना प्रेस स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रमात्र हैन मानवीय सभ्यतामाथिकै गम्भीर आक्रमण हो। यो मानवताविरुद्धको अक्षम्य अपराध हो। महासंघ यो घटनाप्रति तीब्र निन्दा र खेद व्यक्त गर्दछ। यस घटनामा संलग्न व्यक्ति र पक्षलाई नेपाली प्रेस जगतले माफ गर्नेछैन।
महासंघ पत्रकार हत्याको यस जघन्य अपराधमा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउसमेत नगरिएको, सरकार र माओवादीबाट लामो समयसम्म सूचना लुकाएर परिवार, महासंघ र सिंगो राष्ट्रलाई गुमराहमा राखिएको, माओवादीले आफ्नै पक्षबाट भएको यस्तो अपराधमा क्षमायाचनासमेत नगरेकोसरकार अकर्मण्य, प्रतिक्रियाविहीन र निरीह भएकोमा तीब्र आक्रोश व्यक्त गर्दछ। अभियुक्तकै हवाला दिएर पत्रकार साहलाई व्यक्तिगतरुपमा लाञ्छित गर्ने दुष्प्रयत्न गरिएकोमा महासंघ निन्दा गर्दछ। र, अपराधमा संलग्न भएको भनी संसदीय प्रतिवेदनसमेतमा परेका कतिपय व्यक्तिलाई बचाउने प्रयत्न अझै भएकोमा आक्रोश व्यक्त गर्दछ।
महासंघ यस जघन्य अपराधमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न, घटनाका सम्पूर्ण पक्ष उद्घाटन र त्यसपछि परिस्थिति गुमराहमा राख्ने सबै पक्षको उच्च तहबाट गम्भीर छानबिन गरी दोषी सबैलाई कारबाही गर्न, व्यावसायिकता र स्वतन्त्रताको निम्ति काम गर्दागर्दै हत्या गरिएका पत्रकार वीरेन्द्र साहप्रति राज्यबाट उच्च तहको सम्मान र परिवारलाई क्षतिपूर्ति, जीविका र बालबच्चाको शिक्षा-दीक्षाको प्रबन्ध गर्न सरकारसँग माग गर्दछ।
नेकपा -माओवादी) को जिल्ला संगठन नै परिचालन भई गरिएको यस जघन्य अपराधबाट माओवादी पार्टी केही कार्यकर्तालाई मात्र देखाएर उम्किन पाउँदैन। बृहत् शान्तिसम्झौता र शान्तिप्रक्रियामाथि समेत आघात् गर्ने यस घटनाका निम्ति माओवादीको सर्वोच्च नेतृत्वले साहको परिवार, नेपाली प्रेस जगत् र राष्ट्रसामु क्षमायाचना गर्नुपर्दछ। हत्यामा संलग्न व्यक्तिलाई राज्यसामु बुझाउनु सो पार्टीको जिम्मेवारी हुन आउँछ। माओवादीले यसमा व्यक्त गर्ने प्रतिक्रियासमेतका आधारमा महासंघले उसकाप्रतिको धारणा सार्वजनिक गर्नेछ।
नेपाल पत्रकार महासंघ पत्रकार हत्याको विरोधमा भोलि कात्तिक २० गते देशव्यापी विरोध प्रदर्शनको आह्वान गर्दछ। राजधानीमा दिउँसो ३ बजे नयाँबानेश्वरबाट विरोध प्रदर्शन र माइतीघर मण्डलामा सभा हुनेछ। सो प्रदर्शन र सभामा सहभागी हुन महासंघ सम्पूर्ण प्रेस जगत्, मानवअधिकार र विचार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक आह्वान गर्दछ।

................
महेन्द्र विष्ट
महासचिव
Read Full Discussion Thread for this article