Posted by: Nepe November 6, 2007
Actor Nepe..Movie "Saugat"(1990)
Login in to Rate this Post:     0       ?        

Mr Truth,

 

That was hilarious. And you probably could not have been truer.

 

*** *** *** *** *** *** *** *** *** ***

 

Narayangarh suburb-jyu,

 

साझामा प्रवेश गर्दा ताका (सन् २००२ मा ) मलाई पनि तपाईलाई जस्तै लाग्थ्यो त्यतिबेलाका रैथाने साझावासीका वार्तालापहरु । बिस्तारै परिचित हुँदै गईयो साझावासी र साझाको जीवनशैलीसंग र त्यहाँदेखि यता पाँच शरद् काटिसकेको छु । साझामा मेरो पहिलो तीन वर्ष अपेक्षाकृत निकै सक्रिय थियो । त्यस कारण खास नेपेलाई चिन्न तपाईले साझाको archive नै पल्टाउनुपर्ने हुन्छ । संक्षिप्त चिनारीको लागि चाही यसो भन्न चाहुँला - साझामा मेरा लागि तीन प्रिय थिए गणतन्त्र, गजल र गफ-सफ । शायद मेरो परिचय पनि यति नै थियो, कमसेकम मेरो वास्तविक परिचय नखुलुन्जेल । त्यसपछिको चिनारी त आंशिक रुपमा मेरो website मा पनि छदैछ । आशा छ मलाई एक चाखलाग्दो पात्रको रुपमा पाउनुभयो होला र मलाई मनमनै शुभेच्छा पनि दिईसक्नुभयो होला । अब पश्चदर्शी भने पनि अग्रिम भने पनि धन्यवाद टक्र्याउने पालो चाही मेरो भन्छु । है त ?

 

 

*** *** *** *** *** *** *** *** *** ***

 

Sky,

 

Thanks for helping out. And I also feel that the singer is Sunita Subba. I really forgot who it was.

 

*** *** *** *** *** *** *** *** *** ***

 

 

nepalean-jyu,

 

यस्तो सुरुचीपूर्ण वक्तव्यको लागि हृदयदेखि नै धन्यवाद है । तपाईको यो पँक्तिले भने मलाई एकचोटी गहिरो सोचमा पुर्‍यायो ।

 

“… तिनै पाइला लरबराउदै नाच्ने नेपाली सिनेमा तथा पसिना र गन्ध मिस्रित कोठामा काठकै कुर्ची प्रिय लाग्थे।

 

र यो पँक्ति पनि यति सटीक गयो ।  

 

राते यो कुरो मलाइ मन परेन !

 

अनि चौतारी मेरो प्रिय विभाग हुँदाहुँदै पनि धाउन नसकेकोमा दोषी मेरो बुढ्यौली हो भन्छु । चौतारीको अति तिव्र गतिसंग हिड्ने तागत नै कहाँ रहे र मेरा यी नलीखुट्टामा :-)

 

 

 *** *** *** *** *** *** *** *** *** ***

 

PallaGhareAntare-jyu,

 

गायिका मनिला सोताङ होईनन् कि जस्तो मानिचु है मैले । तर ठ्याक्कै किटेर चाही भन्न सक्तिन ।

 

प्रकाश अधिकारीको कुरा गर्दा उनको फिल्म बेहुली र त्यसकी नायिका सुनिता खडकालाई सम्झें । वास्तवमा सौगात मा चाहिने दुई नायिका मध्ये एउटी उनी पनि थिईन् । केही दृश्यहरुको छायांकन सकिए पछि उनीलाई स्वास्थ्यको कारणले हटाईयो र रेखारानीलाई राखियो । रेखारानीसंगको एउटा गीत YouTube मा राख्न भ्याएको छु । स्मरणिय छ, रेखारानी फिलिमको प्रमुख नायिका र बिना बस्नेत (बुढाथोकी) सपोर्टिङ रोलकी नायिका हुन्, यद्यपि बिना अधिक good looking छिन् ।

 

ल हेर्नुस है त ।

 

 

Nepe

Read Full Discussion Thread for this article