Posted by: Birkhe_Maila November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

सतित्व परिक्षण आधारहिन भएको शंका:

यस चौतारी गाउँको इतिहासमा नै नभएको सतित्व परिक्षण गराइपाउँ भन्ने बादि सुश्री किरजरी कायस्थको निवेदन माथि चौतारी अदालतको गम्भिर ध्यानाकर्षण भएको छ। युगौँ देखि आपसि मेल मिलाप, भाइचारा र प्रेम ले ओत प्रोत चौतारीमा आज सम्म प्रेम गर्नेले मात्र प्रेम गरेका र प्रेममा कसैले कसैमाथि हाल सम्म केहि शंका नउठाएको परिस्थितीमा, चौतारीकै एक सकृय सदस्य द्वारा आफ्नो प्रेमीको प्रेम माथि शंका गरि, प्रेमीको सतित्व माथी नै प्रश्नचिन्ह लगाउने काम वास्तवमा नै आश्चर्यजनक छ! यस बिषयमा गम्भिर छलफल र वादविवाद पछि चौतारी समाज यस निश्कर्षमा पुगेको छ कि, निवेदकले सतित्व भन्नाले सतित्व नै भन्न खोजेका हुन वा वफादारी भन्न खोजेका हुन प्रस्ट भएन। आज बेलुकि ७ बजे सम्ममा प्रतिबादि श्री च्याङ्बा दोर्जे च्याङ्बोचे लाई यस सम्बन्धमा केरकार गरि आरपीले लगाएको आरोप कतिसम्म सत्य हो पत्ता लगाइने छ।

प्रधान न्यायाधिश श्री नेप्चे नाथ न्यौपाने

सर्बोच्च अदालत

चौतारी

Last edited: 06-Nov-07 01:14 PM
Read Full Discussion Thread for this article