Posted by: Rahuldai November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
मेरो वजनको नि आफ्नै कथा छ। हाइट ५ फीट साढे सात इन्च, वजन ४५ किलो। अब भन्नुस् कस्तो थियो होला आकार प्रकार। अस्थिपन्जर मा शर्ट पाइन्ट लगाएको अथवा "बुँख्या चा जस्तो"।
जति खाए नि न लाग्ने, बढि खाए अपच भै झण्डै टेकु अस्पताल लग्नु पर्ला जस्तो हुने।
जिन्दगीमा टी शर्ट, हाफ शर्ट लगाउन न पाइने भयो जस्तो लाग्थ्यो, किन कि हाफ शर्टमा हात पुरै देखिने । हड्डीलाई छालाको पतलो आवरणले ढाकेको।
इलाहाबादको हावा लाग्यो। पानी लाग्यो। बेस्मारी भोकमा धोतीको रोटी लाग्यो र आजको स्थितिमा छु।
अनि झ्याँकुटी गरे पछि त मायाले मोटाएं, अलकति भुंडी बढाएं।
Read Full Discussion Thread for this article