Posted by: Birkhe_Maila November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

धोका खाएको सुचना:

हिजो बेलुकि करिब आठ बजे तिर, झिसमिसे अँध्यारोमा, हाम्रा चौतारीका रसरंग प्रधान श्री लहरे लाल लाकौल को ढोका बाट एउटा बोका भित्र छिरेको अनुमानमा मा उक्त बोकालाई निजले मौका मा चौका हान्नु पर्यो भनि ठुलो डोकाले छोपेर राखेको तर  बोका भनेर रात मा धोका खाइ लाहुरे दाईको पाङ्गरे कुकुर छोपेको कुरा खुल्न आएको छ। हरिबंश आचार्यका फ्यान श्री लाकौलले हरिबंशकै स्टाइलमा "चपा भैरे चपा" भन्दै उक्त कार्य गरेको कुरा पनि खुल्न आएको छ। अबको केहि बेर मै लाहुरे दाई तिन बोरको बन्दुक सहित खुङ्खार अनुहार दस्सि प्रमाण स्वरुप लिएर श्री लाकौलको घरमा हक दाबि गर्न जाने कुरा खुल्न आए देखि, श्री लाकौल अब आइन्दा बोका त खान्छु तर धोका खान्न भनेर दक्षिणकालिलाई बोका बै भाकल गरेर बसेको सुचना प्राप्त भएको छ।

धोखाधढि जाँचबुझ आयोग

अध्यक्ष श्री झिल्के घडेरी

चौतारी

Read Full Discussion Thread for this article