नेपे दाजिका हिट लेख यता उता गरेर पढेको थिए। कता नाच्ने गाउने पनि छ्यास्स सुनेको थिए तर यो धागो लामो समय सम्म झुन्डीरहदा पनि भित्र पस्ने मेसो मिलेको थिएन। चौतारीमा नेपेदाजि बाटो देखाउन धेरै सहयोग गर्नुभएको थियो त्यसैले चौतारीमा मुखतन्त्र कहिले फस्टाउन पाएन र बिल्कुल सामाजीक धागो बनेको छ। तर आजकाल उहांको त्यती उपस्थिती नहुदा कोइ कोइ मेरै निक क्षद्म नामलाइ नेपे भनिदिन्छन। नेपे दाजिको लेख अपार हुने हुदा ल न दाइ यसो दौतारीमा एक दुइटा अक्षर छर्नु पर्यो भनेको नेपे दाइले शुभकामनाको छर्रा हान्नु भएको थियो, त्यसै मन खुम्चिराखेको थियो। तर १-२ दिन भो दौतारीलाइ अन्तरजालोको औसीलागेको हुदा यता उता थिच्ने समय मिल्यो। धागा थिच्दै च्वाग्वाको खाच्चारसंग हास्दै भर्खर दैलोमा आएको लोजिटेकको आवाज कांट छांट गर्ने कानमा टास्ने यन्त्र खोल्दा संजोग पनि नेपे दाजिकै गित हेर्ने सुन्ने मेसो मिल्यो। यन्त्र राम्रो हो कि गित राम्रो हो, गितमा खासै गुनासो लागेन। अब नाच्ने तिर लागम। मलाइ त्यो गितले अमेरिकाबाट टिकट नै नकाटी सिधै लगनखेलको ललित हलमा पुर्यायो। गाउमा हुर्केर टिभि,टेलिफोन आदीबाट टाढिएर हो कि के हो, मलाइ ति ढास ढुस हिन्दी सिनेमाले कहिले तानेन। तिनै पाइला लरबराउदै नाच्ने नेपाली सिनेमा तथा पसिना र गन्ध मिस्रित कोठामा काठकै कुर्ची प्रिय लाग्थे। ०५४-०५५ साल तिर कुनै नेपाली सिनेमा छुटाइन। साथिहरु बलिउडको सबभन्दा महंगो चलचीत्र चाइना गेट हेर्न जादा म बांगो आखा हुने कलाकारको सिनेमा हेर्न लगन खेल पुग्थे। तिनै अनुहार खुम्चाउदै हसाउने र थर्काउने अभिनयसंगै अन्तिम द्वन्दमा ताली बजाउदै हलबाट बहिर
निस्कन्थे। तर अमेरीका आएपछि अलि अलि अंग्रेजी सिनेमा हेर्ने मौका मिल्यो। स्थानिय भाषाको एपोक्यालिप्टो
देखि सुसांकित ब्यक्ती भएको स्रेक तेस्रो सम्म हेर्ने मौका मिल्यो। कथा,पटकथा,चहाकिला चित्रका साथै ध्वनी छान्ने अती अग्रीम यन्त्रको आन्नद पाएर हल बाहिर निस्कदा तिनै फिक्का चित्र भएका जुगां हल्काउने नेपाली सिनेमा कतै मनको कुनामा भएको पाउथे। फराकिला बाटोमा गाडी हुइकाउदा मनमा खेल्ने गर्थ्यो,हामीकाहां बजेट र प्रर्बिधिको कमी भए पनि शब्द र अभिनयको त कमी नहुनु पर्ने,तर पनि प्रचुरता भएको क्षेत्रबाट पनि नेपाली सिनेमा जगतमा किन कन्जुसाइ भयो? नेपे दाजीलो अभिनय मैले हेरेका नेपाली सिनेमा भन्दा कुनै कमि छैन
तर सबै नेपाली चल्चीत्रमा हुने अन्नाय सौगातलाइ पनि परेको छ।
--राते यो कुरो मलाइ मन परेन !