Posted by: Birkhe_Maila November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

पैसा छाप्दा छाप्दै गिरफ्तार:

पैसा देख्दा महादेवको तिन नेत्र भने जस्तो घटना आज चौतारीको एक गाउँमा घटेको छ। चौतारी कै एक जना गन्य मान्य तर सामान्य सदस्य श्री पुन्टेन्द्र परियार, निकै लामो समयसम्म चौतारीमा मुख को त के कुरा तालु समेत देखआउन नआएको परिस्थितीमा, हिजो दिउँसो करिब बाह्र बजे तिर चौतारीमा दिनु पर्ने अमुल्य समय पैसा छाप्न खेर फाल्दै गरेको अवश्थामा चौतारीकै एक समुहले फेला पारेपछि निजको अनुहारमा बाह्र बजेको थियो। चौतारीको कर्तव्य पालन नगरेको, चौतारीमा मित्रता र सद्भाव नाप्न पर्ने घडिमा पैसा छाप्न गएको र चौतारी सुधार लाई लात हानेर पैसा कमाई स्व-सुधार गर्ने तर्फ उन्मुख भएको आरोप लगाइ निजलाई चौतारी समुहले गिरफ्तार गरेको छ। भोलि बस्ने चौतारि अदालती कार्वाही पछि निजलाई चौतारी जेल चलान गरिने सुचना जारि गरिएको छ।

श्री ७ महाराजाधिराज रिठेन्द्र बिक्रम स्याहको सचिवालयका लागि

प्रधान सेनाधिपती, श्री कुमलेन्द्र कार्की

चौतारी

Read Full Discussion Thread for this article