Posted by: Birkhe_Maila November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

चौतारीमा हाजिर हुन आउन ३५ दिने सुचना:

तपाईँ द्वय श्री गोतामेनाथ गौतम तथा दादागिरि दवाडी, बिना सुचना बिगत १ महिना देखि चौतारीमा अनुपस्थित हुनुहुन्छ। चौतारीको गरिमा, महत्व र अस्तित्वलाई पटक्कै वास्ता नगरेको, गरेको भए पनि नदेखाएको, देखाउन खोजे पनि आँट नगरेको र आँट गर्नै खोजे पनि नआइदिएर घात गरेको निर्णय चौतारी समुहको छ। तपाइँ द्वयले बिगत २ बर्ड देखि पटक पटक चौतारीमा आएर कुरा, कविता,कथा तथा अलि अलि राजनितीको बास्ना सबैलाई सुँघाएर लत लगाइदिएको तर सो लत लगाए पछि रेगुलर डोज नदिएको परिस्थितीमा सम्पुर्ण चौतारी बासिहरुलाई या त आस नै मारौँ या त कुरा खास पारौँ भन्ने भावना जागृत भएको छ। यस यथार्थलाई मध्यनजर राखि तपाइँ द्वयलाई चौतारी हाजीर हुन आउन ३५ दिने सुचना प्रकाशित गरिएको छ। ३५ दिन सम्म चौतारीमा हाजिर हुन आउनुभएन भने, तपाइँ द्वयलाई निलम्बन गरि, क्रमश: श्री 'गोतामेनाथ गौतम'  बात 'गोताएँ' र 'श्री दादागिरि दवाडी' बाट दादे बनाइने छ।

श्री ७ महाराजाधिराज रिठेन्द्र बिक्रम स्याहको सचिवालयका लागि

राजपुरोहित, श्री भउतभाइ भन्डारी

चौतारी

Read Full Discussion Thread for this article