Posted by: Birkhe_Maila November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

'चौतारी रसरंग प्रधान' को पद शुरु गरिएको सुचना:

यस चौतारी गाउँ र रसरंगको सम्बन्ध चौतारीको जन्म संगै सुरु भएको कुरा सर्वबिदितै छ। यस सिलसिलामा, चौतारीकै कुनै सदस्यलाई 'चौतारी रसरंग प्रधान' नियुक्त गर्दा निजको उत्साह जोश र जाँगर बढ्न जाने हुँदा, निज द्वारा अझ बढि उत्साहका साथ रसरंग गर्ने यथार्थलाई ध्यानमा राखि, आजका मिती देखि लागु हुने गरि, एक जना चौतारीकै सदस्यलाई उल्लेखित पदभार प्रदान गरिएको छ। श्री लहरे लाल लाकौल चौतारीमा प्रबेश गर्ने बेलामा जतिसुकै तोतेबोलि र थोरै शब्दहरु प्रयोग गरेर आउन थालेता पनि, निजको निरन्तर सायरी, तिखो व्यंग र रसरंगी चरित्र उल्लेखित पदको लागि अति नै उपयुक्त भएको परिप्रेक्षमा निजलाई 'चौतारी रसरंग प्रधान'  नियुक्त गरिएको हो।

श्री ७ महाराजाधिराज रिठेन्द्र बिक्रम स्याहको सचिवालयका लागि

हाकिम, श्री हरिहर हाडा

चौतारी

Read Full Discussion Thread for this article