Posted by: world_map November 4, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

रात्रीकालीन जदौ!

अचेल त चौतारी आउनै नभ्याइने भन्या! अड्डाबाट त चियाउन समेत नभ्याउने!
ठूलीलाइ जिस्काम् कि भनेर आ'को, तर भोलि बिहान मात्र आम्ने होला। लु यो कविता यहीं टाँसेर जान्छु। भोलि बिहान देखेर पढी भनेर मलाइ ढुंगाले हान्ने पो हो कि!


चौतारीमा आई
चुलबुली ठूली
लठ्ठीएँ म उनको
गफैमा भुली

असाध्यै राम्री
ए ठूली मोरी
नहराऊ कतै
मेरो मुटु चोरी

गाजलु आँखा
नशालु अधर
टलक्क टलक्यो
दन्त लहर

मृगको नयन
हरिणको चाल
यो कस्तो होला
माया जाल

(जिस्केर मात्र लेख्या हो, अन्यथा नलिनुहोला!)

अब म भोलि दिनभरि हेल्मेट लगाएर हिंड्छु!

लौ त गुट नोइट!
Read Full Discussion Thread for this article