Posted by: coffee333 November 4, 2007
Maoist's atrocities... what more to expect??
Login in to Rate this Post:     0       ?        

१८ कात्तिक,बीरगंज । करिव एकमहिनाअघि वारावाट माओवादी कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको अपहरणकै दिन हत्या भएको खुलासा भएको छ । अपहरणमा संलग्नहरु चारैजनाले साहलाइ अपहरण गरेकै दिन हत्या गरेको स्वीकार गरेका छन् ।
भारतको अज्ञात स्थलमा लालबहादुर चौधरी घटनाका आरोपी कुन्दन फौजदार, हरेराम पटेल र राम एकबाल सहनीले बीरगञ्जका सञ्चारकर्मीलाइ हत्या प्रकरणवारे नालीवेली सुनाएका छन् । उनीहरुले साहलाइ अपहरण गरेकै दिन  बाराको रतनपुरी जङ्गलमा कुटपिट गरी खाल्डो खनेर गाडिदिएको पहिलोपटक स्वीकार गरेका छन् ।
माओवादीका पूर्व जिल्ला जनसरकार प्रमुख समेत रहेका लालबहादुर चैधरीले बाराको सपही निवासी एक साहुजीको आदेशमा आफूले कुन्दन फैजदारलाइ पत्रकार साहलाइ समातेर ल्याउन जिम्मा दिएको र फैजदारले पत्रकार साह र रामदेव दासलाइ अपहरण गरी ल्याएको वताए । ककडी जंगल छेउमा लगेपछि दासलाइ छाडिदिएको तर उ जान नमानेपछि कुटपिट गरेर फर्काएको चौधरीले सुनाए ।
पत्रकार साहलाइ हातखुटा बाँधेर कुटपिट गर्दा वेहोस भएपछि रतनपुरी जंगल भित्र एउटा छाप्रोमा राखेको उनीहरुले वताए ।  बेलुकी साह पुन होसमा आएपछि कुटपिट गर्दा बेहोस वा मृत भएको थाहा नभए पछि खाल्डो खनेर गाडेको चौधरीले स्वीकारेका छन्  ।
साथै उनले अझैपनि साहको शरीर सोही स्थानमा भेटिने बताएका छन । खाल्डोमा गाड्नु पूर्व घाँटीमा रहेको सिक्री, हातको औँठी र पर्स निकालेको उनले बताए । पर्समा रहेको १० अमेरिकी डलर बीरगञ्जको माछापुच्छ्र्रे बैँकमा साट्न जाँदा पासपोर्ट मागेकाले साट्न नसकेको पनि खुलासा गरे ।
जनयुद्धकाक्रममा धेरैको हत्या गरेकाले यो हत्यालाइ सहज लिएको उनीहरुले वताएका छन् । चौधरीले हत्याको भोलीपल्टै  भोलिपल्टै साहको परिवारलाइ मारिसकेको सन्देश दिँदै काजक्रीया गर्न भनेको दावी समेत गरे ।
आरोपी चारैजना अपहरणकारी हत्या गरेपछि रौतहटको सन्तपुर, कलैया आसपास, भारतीय सिमा घोडासहनमा वसेको र भारतीय भूमीमै रहेको वताए ।
उनीहरुले संसदमा आवाज उठेको,  सुरक्षाकर्मी, वाइसिएल लगायतको टोली खोजीका लागी घोडासहन सम्म पुगेपछि आफूहरु र्सतर्क हुँदै भारत भागेको वताएका छन् ।

ज्योति न्यौपाने/बीरगंज



Cited from: Harigautam1's post
here is the link:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=52687


Read Full Discussion Thread for this article