Posted by: Eklavya November 3, 2007
Remembering NC's Jamal Party Office
Login in to Rate this Post:     0       ?        
पुष्करजी मन छोयो अनि आँखा रसाएर आए , अतीतलाई नजिकबाट देखाउनु भयो । साँच्चै भन्न हो भने , कांग्रेस शान्तिपूर्ण ढंगले लड्नका लागि मात्र ठीक पार्टी हो जस्तो लाग्छ ती दिन सम्झँदा । कांग्रेसी शुभचिन्तक र नेपाल विद्यार्थी संघलाई माया गर्नेहरू जब जमल पुग्थे, छुट्टै आत्मियता महशूस गर्थे अनि त्यो भीडमा कुरै कुरामा हराउँदा यति रोमाञ्चित  बनिन्थ्यो कि समय बितेको पत्तो लाग्दैनथ्यो । त्यो वातावरणमा एउटा प्रजातान्त्रिक उद्देश्यमा समर्पित दल र उसका अनुशासित कार्यकर्तादेखि नेताहरूसम्मको सम्मीलन आत्मिय र अति उच्च खालको थियो । तर पछिल्ला सत्ता, पद र प्रतिष्ठाका अवसरले कांग्रेसी शुभेच्छुकहरू मात्र र उनीहरूकोको मन दुब्लाएको छ, नेताहरू मोटाए अनि कर्व्यबाट च्यूत भए । यत्रो धरोहर भएको पार्टीले पटक पटक अवसर पाएर देशलाई सही दिशा दिएन र ऊ स्वयं कुहिराको काग बन्यो , उद्देश्यबिहीन र आज अस्तित्वको संघर्षको दोसाँधमा घिटघिटो बाँच्दैछ । ऊसले जमल बिर्सेको पाप भोगेको छ भोग्नु पनि पर्छ , किनभने अतितको धरोहर  र वि पिको सपनाको रटमा कांग्रेसलाई जिउने अधिकार सदैवका लागि हुनुहुन्न ।
Read Full Discussion Thread for this article