Posted by: Rahuldai November 2, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा
भाग १२

 

संयोग बस शुक्रबार थियो र राती अबेर संग अनुराधा को बेलिबिस्तार लगाए नि चाँडो आँखा खोल्ने बाध्यता थिएन। तै पनि विनोति को सेमिनार छ भन्ने भुसुक्कै बिर्सेको। भान्छाबाट बर्तन र बिनोतीको क्लास रुम स्टाइलको आवाजले ब्युंझें।


"शनिबार भन्दैमा, काम छैन भन्दैमा घाम झुल्के पछि पनि सुत्ने? देश बिग्र्या त्यसै हो?" मेरो बोल्ने स्टाइलको नक्कल गर्दै भुनभुनाउन थाली।

"हिजो राती छोरी संग गन्थन गर्दा गर्दै सुत्न ढिला भए छ।"

"छोरी खै त? "


"अझै उठेकी छैन, बाबु को छोरी भएकी छे अचेल।"

"अहिले ९ बजे नै पुग्नु छ, सन्चो न भएर् कस्तो। न गैइ पनि नहुने, पेपर छ। यसो भान्छामा सघाए पो। बाउ छोरी दुबै उस्तै।"
समय अभावको गुनासो घुर्की  मार्फत प्रस्तुत गरी।

"लौ अब तिमी तयार होउ, म ब्रेकफास्ट एक् दम फास्ट बनाई दिन्छु। अनि सधैं झै डाइभर को काम गरि हाल्छु क्या र।"
 बिनोति सेमिनार तर्फ लागी।

हिजोको अधुरो अनुराधा आज पुरा गर्नु छ, मन् मनै सोचें गुणें।  छोरीलाई प्रोमिस गरेको छु। मन भित्रको भारी नि बिसाउनु छ।


ब्रेकफास्ट को लागि छोरीलाई बोलाएं।
"ड्याडी, अनुराधा आण्टी को बाकी पार्ट भनिसियोस् है अहिले नै। सपना म नि मैले अनुराधा आण्टी देखें।"
हो अनुराधा आइ एस्सी मा फेल भइन्। किन भन्लाउ, मलाई त्यसको एक्जाक्ट कारण थाहा छैन।
सोध्ने मौका पनि मिलेको थिएन। सोध्ने पनि कसरी? कसरी जाँच बिग्रियो भनेर सोध्ने कुरा भएन। यस्ता कुराले त्यसै त घायल भएकीको छातीमा छुरा चल्ने हुन्छ।


मेरो आफ्नो गेस् मा उही पुरानो घाउ बल्झेको हुनु पर्छ। घरायसी मानसिक दवाब र हात दुख्ने उपक्रम।
मन मनै सोचें , आफैलाई सोधें। के त्यस्तो अपराध गरिन् त अनुराधाले चम्कि रहने नक्षत्र जस्तो, सबैको लागि अनुकरनीय उपमा जस्तो ब्यक्तीले यो परिणति भोग्न पर्ने गरी।


छात्रब्रित्तीमा अध्ययन गर्न छनौट भएं। कन्फर्मेशन पनि आयो। जाने दिन नजिक आए पछि घरमा सानो पार्टी गर्नौ पर्‍यो। सबै साथीहरु, स्कूल, कलेज र टोलकालाई निम्तो दिएं।
अनुराधालाई छुटाउने कुरा भएन। बोलाउने पो कसरी? फोनको सुलभता थिएन। घरै गएर बोलाउं भने कहिं त्यसको दुष्परिणाम त भोग्नु पर्ने होइन?


शंका र त्रासले त्राहिमाम् भएं। तै पनि हिम्मत जुटाई निम्तो दिन गएं।
क्रमश:

Read Full Discussion Thread for this article