Posted by: Deep November 2, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

-- आफ्नो पस्पतिको यात्रा मनको जात्रा भै गो। --

कबिता सिंढीबाट ओर्लिन थाली ट्वाक, बाङ्गे सुपारीहरु अझै पस्चिम ढोका माथि महेन्द्र सहारा लेख्या मास्तिर प्रसन्न मुद्रामा देखीने शिब पार्बती दर्शन गर्दै थिए। उनीहरुलाई कुरे ढिलो हुने बुझेर म चाही अघि बढें। कबिता सानो साँढे सम्म आउनु अघि नै म उस्को छेउ पुगी सक्या थें तर उस्ले मलाई देख्या थिएन।

"अस्तिको च्याले अझै पोल्दै छ खै अलिकति चन्दन लाउन पाए शित्तल हुन्थ्यो कि?" मैले भनें।

एक झटकामा उस्ले आबाज आए तिर हेरी, मलाई देखी अनि पलभरलाई अलमलिई। यतिन्जेल सम्ममा मेरा साथीहरुले पनि देखी सक्या थे। कबिताले पनि ट्वाकलाई देखी तै पनि "चन्दन खुट्टामा लाउने हैन नी पाप लाग्ला" चै भन्न भ्याई।

मैले उस्का कोमल हात बाट अलिकति चन्दन लिएर लाउँदा लाउँदै उ ट्वाक तिर बढी। म पनि पछी लागें। ट्वाकलाई केही अचम्म लागेन होला। सुपारीले केही भनेन तर बाङ्गेले मलाई र कबितालाई निक्कै घुरेर हेर्यो। मलाई था थ्यो त्यस्ले त्यस्तै गर्छ भन्ने। उ ट्वाक सँग बोल्दै थिई बाङ्गेले "पापीहरुलाई चै चन्दन छैन?" भनेर सोध्यो कबिताका आँखामा आफ्ना हेराई टेकाएर। उस्ले हल्का मुस्कानका साथ हात अघि बढाई, ट्वाक, सुपारी, बाङ्गे सबैले चन्दन लाए। यत्तिकैमा कबिताकी अर्की साथी आई। ठिकै थिई त्यो पनि। साथिलाई "मेरो दाई" भन्दै ट्वाकलाई चिनाई। मुस्कानको आदान प्रदान भो अनि उनीहरु अघि बढ्ने भए।

जाँदा जाँदै "आफ्नो त चिनजानै भएन" चै बाङ्गेले सुनाई छाड्यो। दुईटैले फर्केर हेरे अनि हाँस्दै लागे पस्चिम ढोका तिर। हामी पनि लागिम पुर्ब ढोका तिर पाउपोस उतै फुकाल्याथ्यो।

ठीटीहरु पश्चिम ढोका तिर आफुहरु पूर्बी ढोका तिर बाङ्गेलाई के मन पर्थ्यो? भनी हाल्यो "अब देखी यो पूर्ब सूर्ब तिर बाट चै आउने काम छैन"। सुपारीले "किन?" सोध्या मात्रै थ्यो "देखीनस पस्चिम ढोका तिर कस्तो चहलपहल थ्यो? सबै तरुनीहरु त्यतै बाट आउने जाने गरे-- के खानलाई यो सुख्खालाग्या पूर्बतिर बाट छिर्या हो हामी चै कुन्नी" बाङ्गे दिक्क लाग्या झै गर्थ्यो। उस्को सधैं त्यस्तै हो कुरा।

फर्केर त्याँ पुडके कलि सम्म आईपुग्दा नपुग्दै बाङ्गेले मलाई सोधी हाल्यो "तैले चैं त्यो ट्वाकको बैनी भन्नेलाई कैले चिन्या नी?" ट्वाक र सुपारी हामी पछी आउँदै थिए मैले जबाफ दिनु अघि नै उनीहरु हामी सँगै भए। मैले केही भनीन। गौसालामा आएर चिया घुट्काईयो। चुरोट चै तान्न अलि खतरा थ्यो त्याँ कस्ले देख्ने हुन कस्ले ग्वारग्वार्ति हिनी राछन मान्छे। चुरोट त सधै जस्तो त्यै भण्डारखालको ढिस्कोबाट मैतिदेबी तिर हेर्दै तान्दा मजा आउने।

"तेरो को बैनी त्यो?" बाङ्गेले आखीर ट्वाकलाई सोधी छाड्यो।

"को?" ट्वाक सायद त्यो प्रस्नको लागि तयार थिएन।

"त्यै अघि चन्दन दिने" बाङ्गेले सम्झायो।

"ए, त्यो -- अँ ए दीप भन्दे त को रे उ --" ट्वाकले त म तिर पो सार्छ बा काम।

बाङ्गेले निधार खुम्च्याएर हेर्यो मलाई। यो ट्वाकले त बाङ्गे र मेरो कुरा बिगार्ने भो जस्तो लागेर भनें "तेरो बैनी तैं भन्न मलाई के थाह्?"

सुपारी पनि अलमल पर्दै थ्यो हामी ढिस्कोबाट ओर्लेर कालो पुल तिर लाग्दै थिम।

"को भन्या त्यो?" बाङ्गे त जङ्गिम्ला झै पो गर्छ।

"मेरो बाउको फुपुको नातीनी त्यो -- अब भयो? किन चासो नी तँलाई?" ट्वाकले अलि गम्भीर भएर भन्यो।

ट्वाक गम्भीर भएको देखेर होला बाङ्गेले "हैन कस्को हातबाट लाईएछ चन्दन भनेर" भन्दै कुरा टुङ्ग्यायो।

"दीपलाई पर्सी मंगलवार गणेशथानमा बोला छ क्यारे तँ पनि जा पर्साद लाउन सँगै" ट्वाकले यस पटक हांसेर भन्यो बाङ्गे तिर हेर्दै।

बाङ्गे कैले म तिर कैले ट्वाक तिर हेर्दै थ्यो -- सुपारी तिर हेर्दै ट्वाकले सोध्यो "तँ पनि जान्छ्स कि पर्साद लाउने लाईन बस्न?

"पर्या छैन" सुपारीले किन हो झर्केरै भन्यो।

बाङ्गे केही बोल्या थे न -- तर कालो पुल तर्दा तर्दै उस्ले म तिर हेर्दै  भन्यो "कुन दिन तँलाई म यै पुलबाट खँदारदिन्छु"।

ट्वाक, र म दुबै जना हाँसीम। सुपारीले मतलब गरेन। बाङ्गेले एक पटक फेरी निधार खुम्च्यायो अनि हाँस्यो।

"पातकी अघोरीहरु" सुपारीले सुनायो।

मालीगाउँबाट आउँदै गर्दा त्यो बिजय सिं दाइको घर अघि उता सूर्य बहादुरको घर तिर बाट आउने बाटो मीसिने ठाममा चेतना अर्की एउटी केटी संगै उभिएकी देखियो सँगै एउटा नबयुबक पनि थ्यो। केटीहरु निक्कै लाज मानी मानी गफ गर्दै झै थिए। चेतनालाई देख्ना साथ ट्वाक रोकियो। मलाई पनि त्यसरी चेतना नबयुबक सँग देख्दा छ्यास्स भो।

उनीहरुले हामीलाई देख्या थिएनन। ट्वाकले अलि ठुलो स्वरमा "ए!" भन्यो। ---तिनटैले हामी तिर हेरे। ---

Read Full Discussion Thread for this article