Posted by: MAKURAMANCHE November 1, 2007
VIDEOS OF PRASHANT IN NEPAL...
Login in to Rate this Post:     0       ?        
SOURCE: http://www.kantipuronline.com/kolnepalinews.php?nid=126939

रौस्याए प्रशान्तले

कास

बुटवल, महिनादिनमा दोस्रोपल्ट नेपाल भित्रिएका इन्डियन आइडल प्रशान्त तामाङ मंगलबार पश्चिमाञ्चलको यो सहरमा थिए, जहाँ उनले पmयानहरूलाई भरपूर मनोरञ्जन दिए ।

बुटवल कालिकानगरस्थित कालिका मावि परिसरमा आयोजित कन्सर्टमा उनी 'यो गाउँको ठिटो म, कान्छा मेरो नाम...' बाट सुरु भएका थिए । उनले निकै नेपाली र हिन्दी गीत गाउन्जेल पmयानहरूले पनि दोहोर्‍याउँदै, हत्केलाले तालमा ताल मिलाउँदै र कम्मर मर्काउँदै साथ दिएका थिए । दर्शकदीर्घामा थिए बालबालिकादेखि प्रौढसम्म । प्रशान्तसँगै आएकी इन्डियन आइडल प्रतियोगी चारुले राम्रा हिन्दी गीत सुनाएकी थिइन् ।

कन्सर्टमा राजेशपायल राई, क्रान्ति आले, स्थानीय कलाकारहरू वीरेन्द्र अग्रहरी, बालकलाकार शिरीष गुरुङसमेतले कर्णपि्रय गीत सुनाएका थिए ।

माओवादीनिकट मगर राष्ट्रिय मुक्तिमोर्चा रूपन्देही र 'थाहा पाएँ' एल्बम युनिटको संयुक्त आयोजनाको कन्सर्टलाई बिजुलीले करिब दुई घन्टा बिथोलेको थियो । वाईसीएलको सुरक्षा घेरामा भएको कार्यक्रममा प्रहरीले भीड नियन्त्रण गरेको थियो ।

सञ्चारकर्मीहरूलाई प्रशान्तलगायतले गाउँदै गर्दाको तस्बिर खिच्न रोकिएको थियो ।


Read Full Discussion Thread for this article