Posted by: Nepe October 31, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

Okay, my comment on the last two couplets. But technical maatra hai.

 

One of the features of a good couplet is an IMMEDIATE and EFFORTLESS union between the first and the second lines. This feature is rather weak in the last two couplets or at least not as good as it was in the preceding couplets.

 

यसरी भन्दा सजिलो होला । पछिल्ला दुई शेरहरुमा शिरीषले भनुम् न तीन भागहरु (आदि, मध्य, अन्त्य) भएका दुई बृहद कथाहरु भन्न चाहिरहेका छन् । किन्तु दुबै शेरमा कथाको आदिअन्त्य त छ, परन्तु मध्य भाग भने गायब छ । यसले गर्दा मिसराहरु बिच किञ्चित दूरीको अनुभव हुन्छ ।

 

शेर भनेको स्वभावैले एक बृहद कथालाई डिस्टिल गरेर त्यसको आध्यात्मिक सार खिच्ने विधा हो । त्यसो हुनाले कतिपय कथांशहरु स्वभावैले फालिन्छन् त्यस क्रममा । ध्यान दिनु पर्ने कुरा के हो भने कथांशको छनोट गर्दा तिनीहरु बिचको बहाव भंग नहुने किसिमले छान्नुपर्छ ।

 

लामा कथालाई कहिलेकाही छोटा छोटा टुक्रा पारेर हरेक टुक्राको एक शेर बनाउदा यस्तो समस्या नआउन सक्छ भन्ने लाग्छ मलाई ।

 

यो सानो प्राविधिक पक्ष बाहेक शेरहरु वजनदार छन् ।    

 

Nepe

Read Full Discussion Thread for this article