Posted by: Rahuldai October 31, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा
भाग ११

"जासुसी भन्नाले चियो गर्न लगाएको होइन नि छोरी।त्यो पाप चिताउने, श्राप पाउने काम् गर्न सक्दिन।"
अनुराधाकी अत्यन्त मिल्ने र मेरो कुरा खाने  शारदा लाई के हो बुझि दिन आग्रह गरेको थिएं।
म आफ्नो काम र पढाई मा ब्यस्त थिएं। इज्जत पनि जोगाउनु थियो, भात पनि जोड्नु थियो।

धेरै दिन पछि शारदाले केही अपुष्ट समाचर संप्रेषण गरी।
अनुराधाको हात दुखेको तथ्य सत्य थियो तर मात्र हात दुखेको कारणले मात्र त्यस्तो प्रतिकूल रिजल्ट आउदैनथ्यो।

शारदाको संकेतमा मैले आफ्नो बिश्लेषण जोडेर हेरें। कहीं न कहिं म आफै पनि त्यो दोषमा  संलग्न भेटाएं। तर कसरी? मैले जानी जानी वा न जानेर पनि कसैको कुभलो चिताएको थिइन।। मैले ब्यक्तिगत  रुपमा घात गरेको थिइन।।

हात दुखेको रैछ, "टेण्डनाइटिस" भएको रैछ। तर त्यसलाई सामन्य दुखाई सम्झेको रैछ। तर लामो समय सम्म निको न भए पछि परिवारजनलाई भन्दा हावामा उडाए रे। प्रेम रोग लागेको र हात दुखेको बहानाबाजी गरेको भन्ने उल्टो आरोप झेल्न बाध्य भइन् रे।

प्रसंग बेप्रसंग उनका हर क्रियाकलाप माथि शंकाको नजर हुन थाल्यो रे अनि बेला न कुबेला घोचपेच हुन थाल्यो रे।

हुन त त्यस्तो बेला त्यस्ता कुरालाई वास्ता गरिरहनु उचित हुंदैनथ्यो तर नारी ह्रिदय न हो, भन्छन् साह्रै कोमल् हुन्छ रे, अनुराधाको मन मस्तिष्कमा त्यो तीखो बिझ्न थाले। बिस्तारै त्यही राप, त्यही पाप बिष बनेर फैलिन थाले । अनि पढाईमा जति ध्यान एकत्रित गर्नु पर्ने हो त्यति सकेनन् । त्यसैको सयुक्त प्रतिफल जस्ट फस्ट डिभिजनमा चित्त बुझाइन्।

तै पनि उनको भावमा कसै प्रति गुनासाका शेषहरु देखिन। सहजरुपमा वासतबिकतालाई सकारी, मन भित्र कुण्ठाका निलकण्ठहरु लुकाई।
आइ एस्सी फस्ट इअरको परीक्षा अगाडी  पिताजीको असामयिक निधन भयो। मानसिक आघातलाई सम्हाल्दै परीक्षा दिएं, राम्रो अंकले यसपाली मेरो मार्कशीट सजेन। तर पनि "छि" भन्ने खालको थिएन।

उमेर हो कि जवानीले साउती गर्न थालेको अनुभव भैसकेको थियो त्यति बेला। मनको कुनामा " माया"  प्रतिध्वनित हुन थालिसकेको थियो।

"तिम्रो मम्मि संग आँखा संगै मन जुध्नथालि सकेको थियो। प्रेमको पहिलो अक्षर मैले त्यहीं बाट प्रारम्भ गरें र आज यो अमर प्रेमकहानी को पदचिन्हमा यात्रा जारी छ।"

सेकेण्ड इअर पनि सकियो। यसपाली भने हुनेखाने खालको नम्बर आयो। कुनै न कुनै सरकारी छत्रब्रित्तिमा अध्ययन गर्न जाने मौका मिल्ने निश्चित भएकोले खुशी थिएं। म्याडमले  पनि राम्रै अंक पाइन्। यति बेला मैले अनुराधा बिर्सिसकें कि जस्तो भै सकेको थियो। स्वार्थी यसमाने मा पक्कै हुं।
"समय परिस्थितिले यस्तो बनाएको हो छोरि, उनले गरेका गुण म कसरी बिरसन सक्छु र। बिर्सें भने चाहिँ पक्कै पाप लाग्छ, श्राप लाग्छ।"

अनुराधाको रिजल्ट यसपाली पनि खराब भयो। पास हुन पनि सकिनन्।

"यस्तो पढ्ने सक्ने अनुराधा आण्टी फेल? कसरी ड्याडी? यस्तो पनि हुन्छ र?"

"हुन सक्छ होइन, भयो। कसरी भन्ने मैले, मैले नि अन्दाज मात्र गर्न सक्छु।"
"आज धेरै अबेर भयो छोरी, भोली बाकी कथा सुनाउला।"
"हुन्छ ड्याडि भोलि पक्का कन्टिन्यू नि" छोरी आफ्नो बेडरुम तिर लागे पछि म पनि भारी मनलाई निश्तब्ध रातको सुन्यतामा बिसाउन बेडरुम तिर लागें।
क्रमश:

Read Full Discussion Thread for this article