Posted by: Birkhe_Maila October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

यो रेडियो चौतारी हो। अहिले सुन्दै हुनुहुन्थ्यो स्वदेश गानहरु। श्रोताबृन्द अब हामि तपाइँलाई स्टुडियो बाट राजदरवार तर्फ लैजाँदै छौँ। केहि बेरमा नै तपाइँ सुन्नुहुनेछ श्री ७ महाराजाधिराज रिठेन्द्र बिर बिक्रम स्याह द्वारा देशबासिको नाममा बक्सेको सम्बोधन तथा नवआगन्तुक चौतारी नागरीक नेपाल प्रेमीलाई बक्सेको स्वागत सम्बोधन तर्फ।

श्रि ७ महाराजाधिराज सरकार-

" (स्वाँss.......) प्यारा चौतारीबासिहरु, ...लोक सम्मतीकै आधारमा चौतारीको सासन बेबस्ता चलाउने हाम्रो स्याहबम्सिय परअम्परा रहिआएको कुरा सबSइळआई सर्व बिदितै छ। हाम्रा पुर्खाले आर्ज्याको एस चउतारी मुलुकमा हाम्रो सिरिपेच अनन्त सम्म कायमै रहने कुरामा हामि आस्वोस्त होइबक्सन्छौँ। हामि र हाम्रा बडामाहारानि द्वारा पटक पटक मुलुकको परिस्थिति मुल्यान्कन गर्ने सिलसिलामा चौतारीका कुना काप्चामा हामि घोडा समेत नचढि गगल्स लगाएर पैदल सवारी भइबक्सेर जनताको दुख तथा पिर मर्का बुझिबक्सेर सबैको ठुलो कल्यान गरिबक्सेका छौँ। प्यारा चौतारीबासिहरु, मुलुकको शान्ति सुरछ्या, सार्वभौमसत्ता, नागरिक सम्मान र राज्य बेबस्तालाई सुचारु तथा सछ्छेम बनाउन हामिले भउतभाई भँडारीलाई पर्धान मन्त्रि नियुक्त गरिबक्सेका थियौँ। मुलुकमा व्याप्त असुरछ्या, हत्या, हिन्साको बिकराल परिस्तिति संग हाम्रा पर्धान मन्त्रि जुझ्न सछ्छेम नभएकोले, निज अक्षम पर्धान मन्त्रिलाई भविस्सेमा अयोग्ग हुने गरि आजैका मिति देखि लागु हुने गरि बर्खास्त गरिबक्सेका छौँ तथा देशको सम्पुर्न अधिकार हाम्रै पोल्टामा राखिबक्सेका छौँ। अन्त्यमा नवआगन्तुक नेपाल प्रेमीलाई चौतारी मुलुकको बिहानि गाउँको छेत्रिय पर्सासक नियुक्त गर्दै स्वागत गरिबक्सन्छौँ। छेत्रिय पर्सासक मा रहि, निमकको सोझो गरि, देश र नरेशको सेवा गरेस।

सिरि पसुपतिsनाथले हामि सबैको कल्यान गरुन

जय चौतारी

Read Full Discussion Thread for this article