Posted by: worldissmall October 31, 2007
hetauda.. ko koi chha..
Login in to Rate this Post:     0       ?        

Ma Ta Hetauda ko Chaughada tirako ho yar..

Some one Has created nice poem about Hetauda and Makwanpur Thanks for him!

मेरो मकवानपुर!

मेरो मकवानपुर!!

मेरो प्यारो प्यारो मकवानपुर!!!

 

कहिले दामन पालुगको डाडोमा गएर खोज्दो हो,

गढीको उकालोपनि चढ्दो हो,

फापरबारिको फाटभरी डुल्दो हो,

सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

 

मक्रानचुलि सामरीको गाउ गाउ चहार्दो हो।

माइला काजि तारा प्रसादहरुको कथा पनि सुन्दो हो,

चेपा प्रजा गाउ पुग्न  सकिएन भन्दो हो,

सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

 

रातोमाटेमा    बगेको रगत उसलाई पनि दुख्दो हो,

शहिद स्मारक गएर  कत्ति रुदो हो

रानिबनकि चरिस साइनो पनि गास्दो हो,

सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

 

भुटनदेबी चुरियामाईको भाकल पनि गर्दो हो,

पिपलबोटमा पर्खेर बस्दो हो,

हेटौडाबजार डुलेर सबैलाई सोध्दो हो,

कहिले आउला परदेशी भनि औला भाचि बाटो हेर्दो हो,

सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

 

मेरो मकवानपुर!

मेरो मकवानपुर!!

मेरो प्यारो प्यारो मकवानपुर!!!

Read Full Discussion Thread for this article