Posted by: urfrenrites October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

भउते दाको अर्को interview । यो चाहीँ बिहे गर्ने केटिसङ रे के।
"तिमी कती बर्स भयौ, भउते?"
" म ...........लागेर, ..............टेकेर, ...................छोएँ"।
"कती पढेको छ नी त?"
"बारखरी सप्पै, english म A देखि z सप्पै।"
"अनि तिमीलाइ के के बजाउन आँउछ नि?"
"मलाइ त भात, रोटी, तरकारी जम्मै एकैचोटी बजाउन आँउछ।"
"तिमीलाइ पप गित आउन आँउछ?"
" तिमी भन मात्र म जुन गित पनि गाउन सक्छु"।
" ल त्यो निमा रुम्बाको साँझमा पनी भन्ने गित गाउन त।"
"साँ......................... " लेग्रो तान्न नपांउदै भित्र बाट एउटा ठुलो भोटे कुकुरले लखेट्यो भउते दा लाइ र एकैचोटि सडकमा पुग्नु भयो। अगाडी एउटा बढेमाको साँढे देखेर भन्नु भयो "..............ढे"। रातो टाइले गर्दा  साँढे पछि लाग्यो भउते दाको।


 

Last edited: 29-Oct-07 01:54 PM
Last edited: 29-Oct-07 01:58 PM
Last edited: 29-Oct-07 02:00 PM
Read Full Discussion Thread for this article