लोल उफ्री!! हाहाहा
अनि तेसपछि भउतेको नहुनेवाला ससुराको हालत कस्तो भओ तो नि भन न!
जदौ! माष्टरनी नानि, भउते, कुम्ले, उफ् उफ् उफ् उफ्री!
हन हाउँरी नातिनी तितौरी साँच्चै बेपत्ता नै भइन है?? गित डेडिकेट गरे आउँथिन कि? अस्तिन सान्नानीको रिडियोमा गरेर आ' थि पछि। लु फेरि एक बाजि तेइ कार्जेक्रम राख्नु परो। न सुनेकाले सुनिदिनु, तितौरीको गाउँ, वल्लो गाउँ पल्लो गाउँ, वडा लम्बर मा बस्ने जसले सुने पनि यो संदेश पठाइदिनु!
सान्नानि – “ हेलो, ….हेलो…?”
बिर्खै – “हिल्लोsssss…., हउर…. हिल्लोsss…(स्वाँsss)…. हिल्लोsss…”
सान्नानि- “ हेलो….हजुर नमस्कार, फर्माइसि गित कार्यक्रममा”
बिर्खै- “हिल्लोsssss हिल्लोsss… हउर हिल्लोsss…(स्वाँsss)
सान्नानि-“ हेलो?? सुन्नुभएन? नमस्कार छ फर्माइसि गित कार्यक्रममा”
बिर्खै- “ हिल्लोsss.. यो काँ परो?... (स्वाँsss) यो काँ परो?...”
सान्नानि-“यो फर्माइसि गित कार्यक्रम पर्यो, हजुर कहाँ बाट को बोल्नुभएको?
बिर्खे – “हिल्लोsss.?? यो गित फुरमाइस अर्ने रिडिओ हो? हिल्लोss?”
सान्नानि- “ हजुर गित फर्माइस गर्ने कार्यक्रम नै हो। हजुर कहाँ बाट को बोल्नुभएको?”
बिर्खे- “ हउरss? म बिर्खे माइला बोलेको। चौतारि गाउँको जिम्माल क्या त। हिल्लोss?”
सान्नानि- (“ ह्या बुढाले यहाँ फोन गर्न भ्याएछन अब के गर्न थाल्नु?”) “ हजुर बिर्खे जि भन्नुस कस्तो चल्दैछ दिनचर्या?”
बिर्खे- “ त्याँ हाउँरि सान्नानि बोल्छे भन्तो ग्वाँचेले तेइभ’र बात नि मारुम गिद नि सुनुम भनेर भाउते बजियालाई भनेर फुन लाको, नानि हाउँरि सान्नानिलाई देऊ त!”
सान्नानि- (“हरे अन एअरमा बुढाले नाम लिन्छन”) हँ त बिर्खे जि यहाँलाई कुन गित ले स्वागत गरौँ?”
बिर्खै-“ भखर छोरि पा’कि चाइन्जो बेथा बिराम नसोधेओ नि जुग भओ भुनेर नि नानि, स्वाउत अरे है नानि मुइँले नि। हाउँरि सान्नानि छैनन् भनेसि??”
सान्नानि- “ बिर्खै जि हजुरले भन्नुभएको सान्नानि यहाँ छैनन् त भन्नुहोस कुन गित सुन्नुहुन्छ?”
बिर्खै- “ सान्नानि छैनिन रे?? छे होलि, नानिले चिनेनौ बरु, तो भर्खर छोरि पा’ कि नानि क्या, अलि छोटि छोटि मोटि मोटि छे, गालाँ कालो कोठि भ’ कि के?”
सान्नानि- ( ‘ यिनि बुढालाई नलखेटि भएन बा!”) “ हजुर बिर्खेजि हजुरले बोलेको सबैले रेडियोमा सुनिरहनु भएको छ”
बिर्खे- “ (दङ्ग पर्दै) “हन के भन्छिन यिनि नानि? म बोलेफ रिडियाँ सुनिन्छ रे?”
सान्नानि- “ हो नि बिर्खे जि सुनिन्छ, जस्तो तपाइँले रेडियो खोल्दा अरुले फोन गरेको र गित अनुरोध गरेको सुन्नुहुनथ्यो त्यस्तै अहिले हजुरले बोलेको अरुले सुनिरहेका छन्।“
बिर्खै – “ ए रात्तै! हो र भन्या?” “ लु उसो भा मेरो नि डेढिखेत अर्देऊ त बा?”
सान्नानि- “ डेढिखेत रे?”
बिर्खे –“ हो नानि तो सपैले फुन अरेर गर्छन नि डेढिखेत चिनेजानेओ सपैको नाउँ भन्छन अन्खेरुन बल्ल गिद बज्छ नि?”
सान्नानि- “ हाहाहा डेडिकेट भन्नुभएको होला बिर्खैजीले हाहाह”
बिर्खै- “ हो हो तेइ डेढि खेत अर्देउ त बा!”
सान्नानि- “ ल भन्नुहोस कसलाई डेडिकेट गर्न चाहनुहुन्छ गित?”
बिर्खै- “ हेरि तो हाउँरो सानि नातिनी तितौरी कता हिनिँ कता तेल्लाई डेढिखेत हर्देउ त बा!”
सान्नानि- “ ल त बिर्खे जि सुन्नुहोस यो गित, हामिलाई फोन अर्नु भएकोमा धन्यवाद्”
( म माहुरि हुँ राधा….तिमि आँफ मन्जरी हौ….)
बिर्खे – “ साँच्चि एउडप कुरो सोधुम भन्या….…(स्वाँsss)…. हिल्लो!...हिल्लो!....लु काटिएर मरेछ!...भाउतेssss! ए भाउते! भाउते होsss ! कता अन्मरियो मोरो फेरि। फुन बिउरिओ नारन! कुरो अर्दै थेँ फुन बिउरिओ!! हरिशरणम्!!