Posted by: urfrenrites October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

भउते ब्रो को बिहेको अन्तर्बार्ता

भउते ब्रो सबैको बिहे र इ-इस्कको कुराले दिक्क भएर अन्लाइन डेटिगमा जानु भएछ। तर तेहाँ उहाँले आफ्नो डेटको अभिभाबकसङ अनुमति नलिकन कहिँ डेटलाइ लान नपाउने भएछ। प्रस्तुत छ भउते ब्रो को अन्तर्बार्ता बिहेको लागि पनि।
भउते ब्रो एकाबिहानै रातो सिल्कको टाइ र RAY BAN GLASS लाएर पुग्नु भएछ उहाँको वुड बी ससुराली।
घरभित्र पस्नासाथ् भउते ब्रो को would be father in law ले स्वागत गर्नु भएछ।
" भउतेको पूरा अर्थ के हो?" अलि कडा स्वरले गर्जिए बुडा।
"हजुर, भकभके उस्ताद तेले।" भउते दाको बोली सुन्नै गारो भो।
" अँ, अनि हाम्रो छोरीलाइ मन परायेको हो? त्यो चस्मामा के झुन्डाएको नि?"
"हो हजुर, हजुरको छोरीलाइ मैले सारै माया गर्छु" भन्दै चस्माको प्राइस ट्याग फाल्नु भएछ।
"तपाइको नराम्रो बानी केहि छ कि?"
"छैन हजुर।"
"येसो केटिहरुमा आँखा लगाउने अनि जिस्काउने तेस्तो केहि गर्‍या छैन।"
"अँह, मलाइ तेस्तो केहि मन् पर्दैन। ऐशर्या राय आए पनि हेर्न मन लाग्दैन हजुर।"
"राम्रो, तेसो भये जाँडरक्सी खाने बानी छ कि?"
"काँ हजुर मैले त अहिले सम्म तेस्तो कुराको स्वाद पनि लेको छैन।"
"धेरै राम्रो, अनि जुवा तास बारमासे गर्ने बानी छ कि?"
" अँह मैले त केहि जानेको छैन हजुर तेस्तो।"
"तेसो भए हरेक मान्छेको एउटा न एउटा कमजोरी हुन्छ। तपाँइको पनि होला नि कि छैन?"
"अलिकति नराम्रो बानी त छ" टाउको कन्याँुदै भउते ब्रो ले भने।
"के नि तेस्तो?"
"मेरो झुठ् बोल्ने बानी छ हजुर।" भउते ब्रोको would be father in law तेहि फेन्ट भएर ढले।

Last edited: 29-Oct-07 11:00 AM
Last edited: 29-Oct-07 01:26 PM
Read Full Discussion Thread for this article