ईन्द्रेणीमा आ-आफ्नो मन्त्ब्य दिने सबैलाई ब्यक्तिगत रुपमा धन्यबाद भन्न मन लागेको छ। प्रस्तुती पढेका तर मन्तब्य आफ्नै मनमा साँचेकाहरु प्रति पनि म निश्चित रुपमा आभारी छु।
अब कथा त कुनै पनि अन्त्य हुन्न जस्तो लाग्छ। पात्रहरुलाई जिबन्त बनाउने हो भने कथा पछि पनि घटनाहरु कायमै हुन्छन हो क्रमहरु बदलिएलान। पात्रको अन्त्य कथामा भए नै पनि कथा अन्त्य हुन्न।
ईन्द्रेणी अझै लागोस भन्ने मनसायलाई मैले मेरो प्रस्तुती मन पराएको अर्थमा लिएको छु। मेरो लागि त खुसीको कुरा हो।
ईन्द्रेणीको श्रेय मैले केही पाएको छु भने मैले त्यो शिरिष सँग साझेदारी नगरी म राख्न सक्दिन। शिरिषले "कथाको अन्त्यमा केही परीबर्तन गर्ने हो की?" भनेको सुझाबलाई मैले ध्यानमा राखेर ईन्द्रेणी लेखेको हो। त्यसो त अरु धेरै साथिहरुले अब बियोगान्त मात्रै किन संयोगान्त पनि जाओस न भनेकाले पनि मैले संयोगमा त्यो पनि पाठकहरुले आफु खुसी उडान भर्न मिल्ने ठाउँ छोडेर प्रस्तुती रोकेको हुँ।
म ब्यक्तिगत रुपमा "अन्त्य भयो र?" जस्ता लेखहरुको प्रसम्सक हुँ। त्यस्तै अन्त्यमा कुनै अप्र्त्यासित घुम्ती सँगै बिश्राम लिने प्रस्तुतीहरु मलाई राम्रो लाग्छ। यसैले होला मेरा लेखाईहरुमा पनि त्यस्तो झुकाब भएको।
म प्रथम पुरुषमा प्रस्तुत कथा बस्तुलाई मन पराउँछु। यस्तो लाग्छ मानौ म चिन्छु त्यो प्रथम पुरुषलाई। लेख्न त मैले तृतिय पुरुषमा पनि लेखेको छु तर धेरै जसो प्रथम पुरुषमै।
अन्त्यमा, पैले भने जस्तो ईन्द्रेणी काम गर्दा गर्दै मौका छोपेर लेखेको हो। लेखाईमा कमजोरीहरु टडकारै देखिन्छन। लेख्दा लेख्दै सिधै साझामा हालेको हुँ सबै भागहरु। सम्पादन गर्ने वा परिमार्जन गर्ने बारेमा सोच्दै सोचिन। समय नै थिएन। लेखाईमा मेरा कमजोरीहरुको जिम्मा मैले लिनै पर्छ।
प्रस्तुती न त पूर्ण काल्पनिक हो न नै पूर्ण यथार्थ।
अन्त्यमा, साथिहरुलाई मेरो प्रस्तुतीमा खर्चेको समयको सदपयोग भयो जस्तो लागेको छ भने त्यो मेरो लागि धेरै ठुलो हौसला हो।