Posted by: Rahuldai October 23, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा
भाग १०

त्यो "कुनै दिन" धेरै दिन सम्म आएन। हाम्रो भेटघाट हुने कुनै बहाना नि थिएन चाहना पनि थिएन।

क्याम्पसमा  भर्ना खुल्यो। अस्कल बाहेक अर्को क्याम्पस रोज्ने कुरा थिएन। भर्ना भैयो, बायोलोजी मूल बिषयमा टपैमा नाम निक्लियो। एस् एल् सी मा  राम्रा गरेका देश भरिका बिद्यार्थीहरुको भेला हुने थलो अस्कल। इज्जत नै बढ्या जस्तो, अस्कल पढ्नु। अझ हामी बोर्ड ल्याउने १० जनाले श्री ५ महेन्द्र रत्न छात्र ब्रित्ति पाउने भएकोले घरको अतिरिक्त खर्च जोगिने कुरामा मन हलुङो भाको थियो। महिनाको २०० रुपैया, त्यति बेला, पढाइको सम्पूर्ण खर्छ र  चिया खाजा खर्च सम्म पुग्थ्यो।

अनुराधाले पनि बिज्ञान नै पढ्ने बिचार गरेकी थिइन। तर अस्कलमा भर्ना पाउने संभावना थिएन।
बिभिन्न कारणले उनले पद्म कन्या क्याम्पस रोजिन्।

यत्तिकैमा अस्कलमा पढ्ने क्रममा तिम्रो मम्मी भेट भयो। बिनोतीको निर्दोष हेराई र बुझाइले मेरो मन बुझे जस्तो लाग्यो र प्रेम अंकुराउन थाल्यो।

"छोरी मैले हाम्रो प्रेम कहानी यो भन्दा पहिला नै भनिसकें नि होइन?"
"हो ड्याडी, त्यो अमर प्रेम कहानी नै मेरो आदर्श हो।("लौ सुन म भन्छु मेरो प्रेम कहानी"
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=283&ThreadID=39279)

कमाई घर खर्च चलाउनु पर्ने काम जति महत्वपूर्ण थियो त्यति नै पढाई। त्यस माथि भर्खर भर्खर मायाका पालुवा पलाउन लागेको बैंस। यस्तरी ब्यस्त भैयो कि अनुराधा टाढाको बिषय भयो। यसमानेमा म स्वार्थी पनि भएं।

"तर छोरी, माया प्रेम भनेको संगै हिड्नु, कुरा मिल्नु, र सहयोगी हुनु मात्र होइन। प्रेमको नीव मनको गहराई भित्र बनेको हुन्छ। दुइ आत्मको तरङ्ग न मिली बनेको प्रेम, प्रेम नै  हुन सक्दैन, त्यो त फगत प्रेम नामधारी तसबीरको फ्रेम मात्र हुने हुन्छ।"

"कथंकदाचित त्यो प्रेम भए छ भने त्यो यौन त्रिष्णा मात्र हुने हुन्छ।"

"त्यसैले छोरी, प्रेम र बिबाह जन्मकुण्डली मै कोरिएको हुन्छ।"
"अन्त कोरिएको प्रेम कांचको फ्रेम जस्तै फुटेको धेरै देखेको छु, देख्ने छौ पनि।"

"वाह वाह ड्याडी, वाह वाह,"
 "प्रेम को अर्थ कति गहिरो तर कति सिम्पल संग सम्झाईसियो।"

"छोरी, यो सबै समयले सिकाको होइन, मन पढ्ने प्रयास गर्नु पर्दछ, भावना बुझ्ने चेष्टा गर्नु पर्दछ। प्रक्रितिका हर साश्वत संबन्धको ज्ञान हासिल गर्न सकिन्छ।"

अनुराधा संगको मेरो संबन्धलाई प्रेम संबन्ध नै भनेर पुष्टी गर्न धेरैले खोजे।
"हुंदै न भएको संबन्धलाई कसरी हो भन्ने?"
बहुमतले हात उठाउदैमा पास हुने कुनै बिधयक होइन, जीवन र प्रेम। मन कुनै संसद होइन, बहुमतको कदर गर्नलाई। आत्मको उदबोध सुन्ने हो। जसले मनको आवाज सुन्न सक्दैन वा न सुने झैं गर्छ, उसले जिउनु को अर्थ गुमाउंछ।

कसैले अनुराधाले एकतर्फी मन पराएको पक्का हो भन्ने जिकिर  गरे। मलाई थाह छ, अरुसंग झूठ बोले पनि मसंग सत्य लुकाउदैन उनले। हाम्रो अत्मियताको जग सत्यतामा बसेको छ। त्यसैले त्यो एकतर्फी प्रेम  कहानी को कुनै अंश हुनै सक्दैनथ्यो।
"त्यसो भए एस् एल् सीमा यसरी कम अंक आउनु को रहस्य के त? "
म आफै पनि धेरै दिन अल्मलिएं। एक जना होनहार छात्राको कतै अबशान त होइन। म सोच्थें।
घट्नाक्रमलाई चारै तिरबाट सोचें, सोध्नु हुनेसंग सोधें। एक जना बिश्वासिलो मित्रलाई जासुसी गर्न लगाएं।
क्रमश:

Last edited: 23-Oct-07 04:58 PM
Read Full Discussion Thread for this article