Posted by: Rahuldai October 23, 2007
अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त
Login in to Rate this Post:     0       ?        
दीप ज्यू को  अर्थ आफ्नो ठाउंमा जायज छ नै तर सी के लालले त्यो सन्दर्भ र आशयमा लेखेको हो होइन अर्कै पाटो छ। एउटा लेखको आधारमा यसरी समष्टिमा आंकलन गर्न मिल्दैन कि?
सी के लाल, सडक बिभागमा जागिरे, इन्जिनियर हुन्। दशकौं देखि बिभाग ( बबर महल) मा बिना बिभागीय, बिना कुर्सी को जागिर् खाइ रहेकाछन्। ज्ञानेको काल रात्री ( कर्मचारीको सन्दर्भमा) पनि लोकतन्त्रको पक्षमा कलम चलाउने दुस्साहस गरेका ब्यक्ति हुन्। इन्जिनियर समाजमा सी के लाल एक सम्मानित  ब्यक्ति मानिन्छन्। मैले जानेको कुरा यति हो। तारेमाम्।
Read Full Discussion Thread for this article