Posted by: Deep October 19, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

उस्ले बन्द चिठी दियो। "म सोध्छु उस्लाई तैले देको नदेको" सुनायो। ---

बाङ्गे गए पछी--के मात्रै लेख्या होला त्यो चिठीमा--मैले तेई सोचिरहें धेरै बेर सम्म। मै च्यातेर फ्याल्दिम कि जस्तो लाग्यो फेरी जस्लाई लेख्या उसैले हेरोस--च्यात्नु परे उसैले च्यात्छे।

दिउँसो आमा, काकी र उ सँगै बसेर मैले पनि सिनेमा हेरें --- निक्कै पुरानो स्याम स्वेत थ्यो -- काकीको फेभरेट रे भन्थिन -- सिनेमा त के थ्यो कुन्नी तर तेस्को एउटा गीत भने गतिलो थ्यो -- लभ गर्ने गर्ने ठाममा पुगेकाहरुलाई काम लाग्ने -- त्यो गीत काकाको कोठामा बज्थ्यो बेला बेला तर खासै मतलब लाग्दैन थ्यो आज त्यो गीत त्याँ सिनेमामा बज्दा मेरै लागी बजे झैं लाग्यो। त्यो गीत अझै सम्झिन्छु -- "निगाहें मिलानेको जी चाहता है -- दिलो जाँ लुटानेको जी चाहता है --" यस्तै यस्तै थ्यो।

त्यो गीत बज्दा मैले जति पल्ट उस्लाई हेरेँ धेरै पल्ट उस्ले पनि मलाई हेरेकी पाएँ। मन खुसीको उन्मुक्त आकासमा उडान लिन्थ्यो -- आकास कैले छिनमै अध्यारो हुन्थ्यो बाङ्गेको चिठी बनेका काला बादलहरु मडारीँदा।

सिनेमा सकिए पछी खाजाको तरखर हुन थाल्यो अरु भान्छा तिर लागे उ र म कौसी तिर।

"हिँजो राती साथी किन काकीलाई ल्याको नी? हाम्लाई भन्या भे पनि त हुन्थ्यो" मैले राती काकी उस्कै कोठामा सुतेको कुरा झिकें।

"उफ! कत्तिन --" भनी उस्ले -- "अनि भन्दै गै -- अनि तल एक्लै सुत्न डर लाग्यो भन्या त दिदीले म साथी सुत्दीन्छु भनीन -- अनि के त नी -- पर्दैन भन्या त हो नी --बरु मेरो कोठामा म एक्लै सुते पनि दीदी सँग सुते पनि अरुलाई के को चासो नी?"

बाङ्गेको चिठी दिम यै बेला कि भन्या फेरी मनै लागेन। तेस माथि काकी आईपुगीन वा ठीटीले नै काकीलाई भनी भने बबाल हुन्थ्यो। भरे तिर दिम्ला भनेर बोकि रहें।

"त्यो अघि ब्यानको साथि फेरी आउँछ?" उस्ले सोधी।

"आउँदैन" भनें। बिरक्त लाग्ने कुरो झिकी।

अरु झिक्थी होला खाजा खाने बेला भो भनेर कुरा यत्तिकै टर्यो।

खाजाको एकचिन पछी "म पर्सी फर्किने।" उस्ले अनायासै भनी।

"किन?" एक महिना बस्ने भन्या जस्तो लाग्या थ्यो मलाई।

"यसै" मात्रै भनी।

मलाई त नरमाईलो लाग्यो। "यहाँ रमाईलो लागेन?" मैले धसींदो मनले सोधे।

"मलाई त जानै मन छैन" उस्ले उदास स्वरमा भनीं।

"अनि?" मेरो मनमा बादल मडारीदै थ्यो।

"अनि केई न केई--फर्किनु पर्यो रे" उस्ले तेती मात्रै भनी र गै।

मनका बादलहरु बर्सिए।

अघिको सिनेमाको गीत निक्कै घत पर्याथ्यो मलाई। तेसैले काकी सँग माँगेर ल्याको थें गीत कोठामा बजाउँला भनेर। अहिले त सुन्नै मन लागेन।

देबेन्द्र ठुला बा आए उन्को प्रोजेक्टको मोटर लिएर --बा आमा लिन आका हुन मलाई था थ्यो ---- दिबसदाईको ब्या को बारेमा कुरा गर्न के सल्लाहको कुरा गर्थे--

भात खाईयो --बा आमा देबेन्द्र ठुलाबा सँग गए उता अघि नै--घरमै भए पनि तेसो त मलाई केई न केई--यता उ काकी सँग उनको कोठामा गै-- म ढाक्रे भएँ। तेरो चिठी म दिन सक्दिन तै दे भन्छु भनेर म बाङ्गे कहाँ गएँ उ रैन छ -- ट्वाकका पुगेँ उ पनि छैन -- सुपारी भेट भो। उ सँग धेरै बेर कुरा गरेर फर्कें।

बाहीर जति चिसो थ्यो मन मेरो त्यो भन्दा कठाङ्ग्रेको थ्यो। उ जाने कुरा मलाई कत्ति मन परेको थे न। किन जान लाई मलाई त्यो पनि थाह थिएन। मैले गर्न सक्ने सायद केही थिएन उस्लाई रोक्न।

म फर्किदा काकाको मोटरसाईकल देखें घरमा। फर्की सकेछन। निक्कै ढिलो भै सक्या थ्यो म आउँदा। सबै सुती सकेछन क्यारे। सुनसान थ्यो। पछाडीको ढोका खोलेर बिस्तारै आफ्नो कोठामा पसें।

बत्ति पनि बाल्न मन लागेन -- ओछ्यानमा यत्तिकै लडें। ढोका खुलै थ्यो। बन्द गर्न मतलब पनि लागेन। बाङ्ग्या चिठी टेबलमा राखें।

आँखा चिम्लेर के के सोच्तै थें "काँ गएर आ यस्तो राती?" उस्को प्रस्न ठोक्कियो मेरो कानमा।

हेर्छु त अध्यारो कोठामा मेरो उ छेवैमा छे।

ओछ्यान छेउमै नाईट लाईटको स्विच थ्यो थिचें। "के गरीरा यति बेला सम्म नसुतेर?" मैले बिस्तारै सोधें। त्यहाँ कसैले उस्लाई र मलाई देखे के मात्रै हुन्थ्यो कुन्नी।

"निन्द्रा लागेन अनि के गर्नु त?" उस्ले भनी र ओछ्यानको छेउमा बसी।

"अहिले कसैले देख्यो भने बर्बाद हुन्छ --" मैले भनी नसक्दै उस्ले "होस" भनी।

अनि फेरी उस्ले सजिलै भनी "ढोका लाए पो कसैले देख्दैन" लौ त भनेर मैले लाईदिएँ।

"बा आमा आए?" मैले सोधें।

उस्ले "छैन" भनी।

"अघिको गीत बजाए सुन्न हुन्थ्यो" भन्छे बा उ त आधाराताँ।

"किन काका काकीलाई उठाउने बिचार छ?" सोधें।

"हैन -- सानो आवाजमा सुन्ने नी" भनी।

"हुन्न अहिले" भनेँ।

"नाई नाई -- एक चोटी सुन्ने नी" उ त जिद्धी पो गर्न लाई।

जे होस आमा बा रैन्छन -- बाजे बजैको कोठा तिन तला माथि थ्यो -- काका काकी अर्को साईड पट्टी पछी जोडेर बनाएको घरको दोस्रो तलामा थे। सानो स्वरमा बजाउँदा होला जस्तो लाग्यो मलाई पनि।

गीतको चक्का टेबलमा थ्यो चक्का उठाउँदा उस्ले खाम पनि देखी "कस्को चिठी नी?" सोधी।

एक पलको लागी म अलमलिएँ अनि मन दरो गरेर चिठी उ तिर दिदै भनें बाङ्गेले देको।

उ छक्क परी। "मलाई किन त?" उस्ले सोधी।

"जसलाई दिनु भन्या थ्यो उसैलाई दिदै छु" भनें।

उस्ले लिईन -- बरु उठी ओछ्यानबाट।

मैले हात समातेर बसाएँ अनि खाम च्यातेर चीठी झिकेँ -- उस्ले पनि हेर्दै थिई।

चिठी खाली थियो। एक शब्द पनि लेखेको थिएन।

उस्का आँखामा चमक आए। मेरा पनि। उस्ले मैले ठट्टा गरेको ठानी सायद मैले राहत अनुभब गरें।

किन बाङ्गेले तेसो गर्यो कुन्नी तर राम्रै गर्यो।

"किन जाने छिट्टै?" मैले उस्लाई सोधें।

"यहीँ भाको बेलामा जाने कुरा किन गर्नु पर्यो?"

"मेरो मनमा त झरी परेको परेकै छ दिउँसो पर्सी फर्किने कुरा गरे देखी" भाको कुरा भन्दें।

उस्ले मेरा आँखामा एकनास हेरी र सोधी "इन्द्रेणी थाह छ?"

मैले टाउको हल्लाएर "छ" भनें।

"राम्रो लाग्छ?" सोधी।
"लाग्छ" भनें।

"झरीमा केबल केही किरणहरु चाहिन्छ इन्द्रेणी हुन -- झरी परेको तेता पनि छ यता पनि-- अब रहर छ इन्द्रेणीको भने केही झिल्काहरु चाहिन्छ।" उस्का फर्फराएका अधरहरुबाट शब्द बर्सीदै गए। ----

Read Full Discussion Thread for this article