Posted by: Rahuldai October 18, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा
भाग ९

"लौ भन त छोरी,यस्तो नि  हुन्छ? बोर्ड ल्याए छ बज्याले भनेर स्याबासी दिनु कहाँ कहाँ नराम्रो झाप्पु हान्यो त्यो सरले। "
त्यसो त त्यो सर को झापड धेरै खाएको थिएं, पापड सम्झी पचाएको थिएं। तर यो झापडले गर्धन होइन, मन दुख्यो छोरी, मन दुख्यो।
झापड भन्दा बढी त्यो बोलीले बिझ्यो, गोली सरी छिर्‍यो। मेरो कारणले कसैको पनि कम अंक  हुन सक्दैन। कसैले जाँचमा लेखेकोमा  हस्तक्षेप गर्ने संभव पनि थिएन।

ज-जसले म संग सर सल्लाह गरे सबैको भलो भए। मेरा वरिपरि बस्ने सबैले फस्ट डिभिजन ल्याए, सबैलाई सक्दो सहयो गरें। तर मेरो कारणले अनुराधाको जाँच बिग्रियो, त्यो आरोप बिलकुल नाजयज थियो।

एक त प्रतिभाकी धनी, आफैमा सक्षम, अझ त्यसमा पर्याप्त मेहनतले सिंचिएकै थिई। न हुनु पर्ने, न आउनु पर्ने रिजल्ट भए पनि दोष मेरो पक्कै थिएन। मलाई पनि बिश्वास लागेको थिएन यस्तो रिजल्ट होला भनेर। केही न केही गडबड भएकै हुनु पर्दछ।

कहाँ , उचनीच भयो त?
धेरै सोचें। कहीं अप्रत्यक्ष रुपमा जिम्मेबार त छैन म?
आफैले आफुलाई शंकाको घेरामा राखें।
"कसरी तेरो संलग्नता हुन सक्छ यसमा?"
 मनको अर्को कुनाले झक्झकायो।

"तैले थर्काएको छैनस्, तैले फकाएको छैनस्, किन डराउछस्। न बिराउनु न डराउनु।"

त्यो रात मलाई मेरै आत्मले साथ दियो, साहस दियो। नत्र आत्मग्लानीमा डुब्थें होला कहिलेइ न तैरिने गरी।

त्यो घट्ना भएको २ हफ्तामा हामी पास भएर जानेहरुको सम्मानमा बिदाइ समारोह राखेको थीयो, स्कूलले।

पुन एकपटक रोमांचित भएं, सबै जना संग एकै ठाममा भेट हुने। फेरि आफू त बिषेश आकर्षणको केन्द्र हुने। बोर्ड ल्याको अचम्मको जन्तु भनेर।
बधाई थाप्न २-४ खाली बोरा बोकेरै जानु पर्ला जस्तो।

( छोरी मज्जाले हाँसी)

"अनि के भयो त, अनुराधा आई त  बिदाई समारोह मा?"
अनुराधा संग भेट हुन्छ  र त्यो मन मनै खाइरहेको जाँच बिग्रनुको कारण सोधुंला भन्ने भन्ने आश त थियो, तर भरोसा थिएन।

 अनुराधा म भन्दा पहिलेइ स्कूल पुगिसकेकी  थिई। समारोह सुरु भयो। प्रसंशाका शब्दबलीहरु धेरै सुनें, यस्तो बिद्यार्थी उस्तो बिद्यार्थी भनेर हेडसरले बखान गर्न थाल्नु भयो। म भावबिभोर भएर सुनि रहें। मेरो नाक अनियन्त्रित रुपमा बढेको जस्तो लाग्यो।

मेरो बोल्ने पालो आयो। औपचारिकता भन्दा बढी मैले बोलिन। मेरो लागि यो स्कूल र स्कूल संग जोडिएका हर एक कुरा कति मह्त्वपूर्ण थियो र छ भन्ने कुरा शब्दहरुमा सीमित गर्न सकिन्न। त्यसैले हरेक इट्टा, भित्ता संग पनि  म नतमस्तक् छु।
त्यहाँ बोलि रहनु ठिक लागेन।  म त्यो स्थिति सम्म पुग्न अघि सम्म के थिएं, मलाई स्पष्ट थाह थियो। म उभेको धरातलको भूगोल र इतिहास थाहा थियो। कहाँ को चानचुने  बिद्यार्थी, मुश्किलले पास हुने गोबर गणेश, कहाँको खाते स्कूलबाट नि बोर्ड हान्न सक्ने एक्स्ट्रा टालेन्टेड  जन्तु।
कहिले काहीँ आफैलाई बिश्वास न लाग्ने वास्तबिकता हो त्यो। तर सत्य यही हो, आजको यो उचाई पुग्न मलाई अनुराधाले सघाएकी हुन्। उन्ले जाँचमा सार्न न दिएकी भए न म फस्ट हुन्थें न बोर्ड हान्ने सक्ने संभावित बिद्यार्थी नै।
तर उही अनुराधाको यो हाल भयो, त्यसमा नि जिम्मेबार म रे।
कार्यक्रम सकियो। जलपान सुरु भयो। त्यही मौका मा मैले अनुराधा संग बोल्ने हिम्मत गरें। फर्केर हेरें पहिला, त्यो मार्साब  नजिकै छ कि भनेर।

"अनु! तिमी संग एउटा कुरा सोध्नु छ।"

"के कुरा? " अलिकति झस्कीई।
"मैले तिम्रो मार्कशीट हेरें, के भाको त्यो? बिश्वास नै गर्न सकिन?  न ढाँटी भन त।"

'हो मेरो जाँच बिग्रेको थियो। मैले तिमीले न राम्रो मान्ला र तिम्रो जाँच बिग्रेला भनेर राम्रो भयो भनेको थिएं।"

"मेरो रिजल्ट मैले आशा गरे  भन्दा राम्रो निस्कियो।"

म झन् आश्चर्य चकित भएं।
"कसरी?"
मैले सोधें।
"त्यसो त तिमीलाई न आउने, तिमीले गर्न नसक्ने किसिमको कुनै प्रश्न सोधिएको थिएन।"

"हो मलाई आउथ्यो सबै , गर्न पनि सक्ने थिएं। तै पनि बिग्रियो। सबै कोइशन आटेम्प्ट गर्न नै सकिन।
कसरी? ट्याम पुगेन?"
ट्याम म्यानेज गर्न त स्कूलमा पर्याप्त प्राक्टिस गराएको नै थियो।

"हात दुखेर लेख्नै सकिन।"
यतिबेला मैले उनको भाव बुझें, सत्यमाथी केही ढाकछोपको झल्को देखें। केही लुकाएकै हुनु पर्थ्यो। तर सार्बजनिक ठाउँमा कोट्याई रहनु फेरि झापडको पापड खान खोज्नु हो।
मेरो भाव नि बुझे पछि, मलाई खुसुक्क भनी-

"अर्को कुनै दिन भनौला, खास के भाको थ्यो भनेर।"
क्रमश:


 

Read Full Discussion Thread for this article