Posted by: Birkhe_Maila October 18, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        

बन्दी र सपना
-गोबिन्द विमली
अभिव्यक्ती, अंक १३३

 

टाढा
म भन्दा धेरै टाढा छ
त्यो....सङ्गीत
अनन्त फाँटहरुभन्दा पर छोडिएको
र,
त्यति नै टाढा छु म
चार किल्लाहरुमा कैद
सिमाना रहतले मात्र अङ्कित गर्छ
भावनाले कहिल्यै गर्दैन
म रेटिएको छु भ्वाइलिन
मक्किएको काठभन्दा मधुरो एकान्तमा
एउटा प्राचिन घाम
सुदूर चिर्दे होला सबेरै
निलो आकाशमा उपस्थितिका खातिर
र त्यो, किल्लाहरु भित्र बेकार छ
रिदम नमिलेको अल्पधुन
आजित-
भित्तो, भित्तो अनि भित्तो
यहि हो मेरो भुगोल
म कसरि पुग्न सकौँला
फाँटहरु भन्दा पर अनन्त
भावना भन्दा चार कदन अगाडि
रगतका सिमाहरु मेट्दै
रिदम नमिलेको अल्पधुन रेटेर
त्यो...सङ्गीत भेट्न
सधैँभरिलाई।

Read Full Discussion Thread for this article